यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले पाँच महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८० ०८१ को पाँच महिनाको तथ्यांअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४ दशमलव ९५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

बिज्ञापन

यस्तै आयात ३ दशमलव ४ प्रतिशत, निर्यात ६ दशमलव १ प्रतिशत र कुल वस्तु व्यापार घाटा ३ दशमलव १ प्रतिशतले घटेको छ । यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७ दशमलव ६ प्रतिशतले र अमेरिकी डलरमा २४ दशमलव ५ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

बिज्ञापन

यस्तै शोधनान्तर स्थिति रु २१० अर्ब ५९ करोडले बचतमा रहँदा कुल विदेशी विनिमय सञ्चिति रु १७६७ अर्ब ४ करोड र अमेरिकी डलरमा १३ अर्ब ३१ करोड रहेको बैंकको तथ्यांकमा उल्लेख छ ।

यसैगरी नेपाल सरकारको खर्च रु ४५३ अर्ब र राजस्व परिचालन रु ३६३ अर्ब ४३ करोड रहेको छ भने विस्तृत मुद्राप्रदाय ४ दशमलव ७ प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४ दशमलव ४ प्रतिशतले बढेको छ ।

बिज्ञापन

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४ दशमलव ६ प्रतिशतले बढेको भने निजी क्षेत्रमा प्रवाहित कर्जा २ दशमलव ३ प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४ दशमलव ५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

Current Macroeconomic and Financial Situation -Nepali (Based on Five Months’ data of 2080.81)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीर्थराज चिलुवाल राजश्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त

प्रचण्ड भन्दा ओलीको सचिवालयको खर्च २ करोडले कम

अब पूर्व योग्यता परीक्षा पास गरेपछि मात्र खरिदारको परीक्षा दिन पाइने

रन्जिताले दिइनन् स्पष्टीकरण

नेपाल इन्भेष्टमेन्टबैंकविरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा,१५ संघ-संस्थाको एक्येवद्धता

ओरिएन्टेशन तालिम प्रदायक १८ संस्थालाई वैदेशिक रोजगार विभागको स्पष्टीकरण

अनसनमा बसेका मेयरसँग छलफल गर्न सहसचिव नेतृत्वको सरकारी टोली पुग्यो माइतीघर

बागमतीमा ३ मन्त्री नियुक्त, लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

बिशेष