३१ बर्षे जागिरे जीवनका क्रममा एक कर्मचारीले आर्जन गरेको तीन करोड १५ लाखको स्रोत देखाउन सकेनन । उनको गैरकानुनी आर्जनको स्रोत खुलाउन गर्न नसकेको भन्दै अख्तियार विशेष अदालतमा पुग्यो । तर जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय दाङका तत्कालीन इन्जिनियर रामबहादुर रानाभाट अख्तियारले मुद्धा दायर गरेको आठ महिनाअघि विशेष अदातले सफाइ दियो ।
बिज्ञापन
रानाभाटले अवैध रूपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे र बढाएको सम्पत्ति श्रीमतीका नाममा राखेको भन्दै जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको थियो। यस मुद्दामा सुनुवाइ गर्दै विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाले सफाइ दिएका थिए ।
बिज्ञापन
इन्जिनियर रानाभाट ०४६ असारमा सरकारी सेवामा प्रवेश गरेका हुन्। उनले ०७९ कात्तिकसम्म तीन करोड १५ लाख रुपैयाँभन्दा बढी गैरकानुनी आर्जन गरेको दाबीसहित मुद्दा दायर भएकोमा विशेषले सफाइ दिएको थियो ।
तर विशेष अदालतले दिएको सफाइ चित्त नबुझेर अख्तियार रामशाहपथस्थित सर्वाेच्च अदालत पुगेको छ । गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर सर्वोच्च अदालतमा आज पुनरावेदनको निवेदन दर्ता गरेको छ ।
विशेष अदालतले मिति २०८१ जेठ २९ गते सफाई दिएकाले उल्लिखित फैसलाउपर चित्त नबुझी आज सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको हो ।
बिज्ञापन


























