अकुत आर्जन मुद्धामा इञ्जिनियरलाई विशेषको क्लिन चिट,फैसला चित्त नबुझेर अख्तियार पुग्यो रामशाहपथ

३१ बर्षे जागिरे जीवनका क्रममा एक कर्मचारीले आर्जन गरेको तीन करोड १५ लाखको स्रोत देखाउन सकेनन । उनको गैरकानुनी आर्जनको स्रोत खुलाउन गर्न नसकेको भन्दै अख्तियार विशेष अदालतमा पुग्यो । तर जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय दाङका तत्कालीन इन्जिनियर रामबहादुर रानाभाट अख्तियारले मुद्धा दायर गरेको आठ महिनाअघि विशेष अदातले सफाइ दियो ।

बिज्ञापन

रानाभाटले अवैध रूपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे र बढाएको सम्पत्ति श्रीमतीका नाममा राखेको भन्दै जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको थियो। यस मुद्दामा सुनुवाइ गर्दै विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाले सफाइ दिएका थिए ।

बिज्ञापन

इन्जिनियर रानाभाट ०४६ असारमा सरकारी सेवामा प्रवेश गरेका हुन्। उनले ०७९ कात्तिकसम्म तीन करोड १५ लाख रुपैयाँभन्दा बढी गैरकानुनी आर्जन गरेको दाबीसहित मुद्दा दायर भएकोमा विशेषले सफाइ दिएको थियो ।
तर विशेष अदालतले दिएको सफाइ चित्त नबुझेर अख्तियार रामशाहपथस्थित सर्वाेच्च अदालत पुगेको छ । गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर सर्वोच्च अदालतमा आज पुनरावेदनको निवेदन दर्ता गरेको छ ।

विशेष अदालतले मिति २०८१ जेठ २९ गते सफाई दिएकाले उल्लिखित फैसलाउपर चित्त नबुझी आज सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको हो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष