मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै, मुख्यसचिव टुंग्याउने एजेन्डा प्रमुख

काठमाडौँ । सरकारले आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको स्रोतले जनाएको छ।

बिज्ञापन

बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीका साथै उच्चस्तरीय मानवीय स्रोत व्यवस्थापनसम्बन्धी महत्वपूर्ण एजेन्डामा छलफल हुनेछ। विशेषगरी मुख्यसचिव नियुक्ति टुंग्याउने विषय आजको बैठकको मुख्य एजेन्डा मानिएको छ।

बिज्ञापन

हालका मुख्यसचिव एकनारायण अर्याल मंसिर १० गतेबाट अनिवार्य अवकाशमा जान लागेकाले सो पद पूर्तिका लागि सरकारले तयारी गर्दै आएको छ। नयाँ मुख्यसचिव को हुने भन्ने विषयमा सत्ता गठबन्धनभित्र नै छलफल तीव्र भएको सरकारी स्रोतको भनाइ छ।

यसबाहेक बैठकमा केही सहसचिवहरूको सरुवा सम्बन्धी प्रस्ताव पनि टेबल हुने बताइएको छ।

बिज्ञापन

बैठकमा सरुवा, नियुक्ति तथा प्रशासनिक सुधारका मुद्दामा ठोस निर्णय आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

बिशेष