मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै, मुख्यसचिव टुंग्याउने एजेन्डा प्रमुख

काठमाडौँ । सरकारले आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको स्रोतले जनाएको छ।

बिज्ञापन

बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीका साथै उच्चस्तरीय मानवीय स्रोत व्यवस्थापनसम्बन्धी महत्वपूर्ण एजेन्डामा छलफल हुनेछ। विशेषगरी मुख्यसचिव नियुक्ति टुंग्याउने विषय आजको बैठकको मुख्य एजेन्डा मानिएको छ।

बिज्ञापन

हालका मुख्यसचिव एकनारायण अर्याल मंसिर १० गतेबाट अनिवार्य अवकाशमा जान लागेकाले सो पद पूर्तिका लागि सरकारले तयारी गर्दै आएको छ। नयाँ मुख्यसचिव को हुने भन्ने विषयमा सत्ता गठबन्धनभित्र नै छलफल तीव्र भएको सरकारी स्रोतको भनाइ छ।

यसबाहेक बैठकमा केही सहसचिवहरूको सरुवा सम्बन्धी प्रस्ताव पनि टेबल हुने बताइएको छ।

बिज्ञापन

बैठकमा सरुवा, नियुक्ति तथा प्रशासनिक सुधारका मुद्दामा ठोस निर्णय आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै, मुख्यसचिव टुंग्याउने एजेन्डा प्रमुख

मुख्यसचिव नियुक्ति नजिकिँदै गर्दा सचिव डा. कृष्णहरि पुष्करविरुद्ध संगठित दुष्प्रचार तीव्र

लेखा समूहका ५५ कर्मचारीको सरुवा, नयाँ कार्यस्थल तोकियो

८५ कर्मचारीहरूको सरुवा

चेतनाको अन्तरदृष्टि: आत्म–सत्यको खोज

रमेश अर्याल राष्ट्रिय जीवन बीमा कम्पनीको अध्यक्ष नियुक्त

संघीयता पूर्णरुपमा कार्यान्वयन नहुँदा प्राकृतिक स्रोतको परिचालनमा समस्या आयो: मुख्यसचिव अर्याल

सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी थापा

बिशेष