कर्मचारीको निर्णय आँखाचिम्लेर हस्ताक्षर गर्ने सचिव, भोलि मुख्य सचिव?

काठमाडौँ । मुख्य सचिव बन्ने ‘दाबी’ गर्दै हिँडेका सचिव सुमनराज अर्याल नै प्रेस विज्ञप्तिमा आँखाचिम्लेर साइन गरेर चिप्लिएका छन्। राष्ट्रिय सुरक्षा परिषद्को बैठकसम्बन्धी विज्ञप्तिमा उनले अघिल्लो वर्षको मिति राखिएको कागजमै सिधै हस्ताक्षर गरेपछि कर्मचारी वृत्तमा नै उनको प्रशासनिक क्षमता प्रति शंका उठ्न थालेको छ।

बिज्ञापन

‘नेपाली सुरक्षाजस्तो संवेदनशील विषयमा काम गर्ने सचिवले कागज नै नहेरी साइन गर्ने हो भने भोलि मुख्य सचिव भएपछि के हुन्छ?’ भन्ने प्रश्न सरकारी निकायभित्र खुलेर उठ्न थालेको छ। तल्लो तहका कर्मचारीले तयार पारेको कागजलाई आँखाचिम्लेर पास गर्ने बानी भएको आरोपसमेत अर्यालमाथि लागेको छ।

बिज्ञापन

विज्ञप्तिमा “मिति २०८१/०८/०४” उल्लेख गरिएको छ, तर वास्तविक बैठक २०८२ साल मंसिर ४ गते बसेको थियो।
थप लापरवाही त्यही पत्रको अर्को अनुच्छेदमा देखिन्छ, जहाँ २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन को उल्लेख गरिएको छ। एउटै पत्रमा दुईवटा फरक वर्षको मिति हुँदा पनि सचिवले ध्यान नदिई साइन गरेका हुन्।कर्मचारीका अनुसार—“कागज नहेरी साइन गर्ने यिनै सचिव मुख्य सचिव भए भने निर्णय प्रक्रियामा अझ कति दुर्घटना हुने हुन्?”

अर्याल अहिले वरिष्ठताका आधारमा मुख्य सचिव बन्न प्रथम दावेदार मानिन्छन्। त्यसैले निरन्तर ‘लबिङ र दौडधुप’ मा रहेको बताइन्छ। तर यति संवेदनशील विषयमा गरिएको लापरवाही उनले दाबी गरेको ‘योग्यता’ लाई प्रश्नमा लिएको छ।राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील कागजमा बिना पढी साइन गर्ने सचिवले मुख्य सचिव भएपछि जिम्मेवारी कस्तो लिने?निर्णय प्रक्रियामा तल्लो तहमा तयार भएको कागजमात्रै पास गर्ने प्रविधि कायम रहने कि संशोधन हुन्छ?

बिज्ञापन

सरकारी वृत्तभित्र अहिले यही प्रश्नको गाईगुई छ—साइन मात्र गर्ने मुख्य सचिव चाहिन्छ कि निर्णय पढ्ने, बुझ्ने र निर्देशन दिने?”

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

बिशेष