खरिदारदेखि उपसचिव तहका २८ कर्मचारीको सरुवा

सरकारले खरिदार देखि उपसचिव तहका गरी २८ जना कर्मचारीहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख २१,२३,२४ र २५ गतेको मितिमा उपसचिव तहका ५ जना प्राविधिक,प्रशासन सेवाका ५ गरी १० जना कर्मचारी,शाखा अधिकृत तहका ८,८ जना नासु र ४ खरिदार गरी २८ जना कर्मचारीहरुको सरुवा गरेको छ ।

बिज्ञापन

सरुवा भएकामध्ये प्राविधिक उपसचिवहरु सविन कासुलालाई सामान्यको अतिरिक्त समूहबाट शहरी विकास मन्त्रालय,लोकेन्द्र बहादुर खड्कालाई शहरी विकासमै लगिएको छ । यस्तै,हरि प्रसाद दाहाललाई जिसस सप्तरीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ भने विवेक सिग्देल भौतिक मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमनको कार्यालय,जलश्रोत तथा सिँचाई विभागबाट जेभिन ताम्राकार सार्वजनिक खरिद अनुगमनमै पठाइएको छ । सरुवाको सूची अनुसार,सूचना प्रविधि निर्देशक राम थापा प्रधानमन्त्री कार्यालयबाट काजमा गृहमा पुगेका छन् । यस्तै गृहबाट छविलाल पौडेललाई उद्योग,जिसस ताप्लेजुङबाट अमन कर्णलाई उद्योग वाणिज्य,पवित्रा खनाललाई वित्त आयोग र भूदेव झालाई प्रम कार्यालयबाट गृहमा पठाइएको छ ।

बिज्ञापन

मन्त्रायले शाखा अधिकृत तहका हरिशरण न्यौपानेलाई नारायणहिटी संग्रालयबाट उर्जा,जलश्रोत तथा सिँचाई मन्त्रालय,पञ्जिकरण विभागबाट देवचन्द्र संग्रौलालाई उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालय,किताबखानाबाट विक्रम लिम्बुलाई सञ्चार मन्त्रालय,माधवेन्द्र चौधरीलाई कटहरिया नगरपालिकाबाट खानेपानी मन्त्रालय,जिसस रुपन्देहीबाट विवेक झालाई शहरी विकास मन्त्रालय,भौतिक मन्त्रालय राप्ती देउखुरीबाट सूर्य भण्डारीलाई जिसस रुपन्देहीबाट खटाइएको छ । मन्त्रालयले शाखा अधिकृत तहका ८ जना कर्मचारीहरुको सरुवा गर्दा ८ जना नायब सुव्बाहरुको सरुवा गरेको छ ।

सरुवाको सूची अनुसार,सुजाता शर्मालाई नेपाल ट्रष्टमा,मिन प्रसाद लामिछानेलाई काजमा समस्याग्रस्त सहकारी,रामप्रसाद सुवेदीलाई गृह मन्त्रालय,ज्ञानु तिमिल्सिनालाई सामान्यको अतिरिक्त समूहमा राखिएको छ । यस्तै,दिपेन्दै श्रेष्ठलाई महान्यायधिवक्ताको कार्यालयमा लगिएको छ भने सुरोज श्रेष्ठ वन तथा वातावरण मन्त्रालय,रामदेव खंग गृह मन्त्रालय,लक्ष्मीराज उपाध्याय शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

बिज्ञापन

खरिदार तहका सावित्रा पोखरेललाई संष्कृति मन्त्रालय,राज कुमार रावललाई गृह,बसन्ती नेपालीलाई पशुपक्षि मन्त्रालय र टेकबहादुर कामी वन मन्त्रालयमा सरुवा गरेर ल्याइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारका कर्मचारीको उकुसमुकुस

खरिदारदेखि उपसचिव तहका २८ कर्मचारीको सरुवा

विष्णु अग्रवालविरुद्ध कर छली र भन्सार छलिको आरोपमा प्रधानमन्त्री कार्यालयमा उजुरी

वैदेशिक रोजगार विभागका नायब सुब्बाविरुद्ध घुस मुद्दा दायर

मन्त्रिपरिषद्को बैठक सुरु

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

बिशेष