सचिवविरुद्ध भ्रष्टाचार मुद्धा प्रदेशका प्रमुख सचिव निलम्बित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा घोटाला गरेको आरोपमा अख्तियारले १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।  अख्तियारले पूर्व मन्त्री,पूर्व सचिव,सह सचिव,बहालवाला सचिवसम्मका कर्मचारीलाई बनाउँदै ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

बिज्ञापन

अख्तिायरले यसमा अख्तियारले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, तत्कालीन अर्थ सचिव शंकरप्रसाद अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेलाई विपक्षी बनाइएको छ। यस्तै, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवलप्रसाद भण्डारी, उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव सुरेश आचार्य र तत्कालीन सहसचिव डण्डुराज घिमिरे तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालनी महानिर्देशक सञ्जीव गौतमलाई विपक्षी बनाइएको छ। यसैगरी, नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरवको आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकार, नागरिक उड्डयन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युगराज पाण्डे र तत्कालीन शाखा अधिकृत उर्मिला भण्डारीविरुद्ध पनि मुद्दा दायर गरिएको हो। अख्तियारले पोखरा विमानस्थल निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ, कम्पनीका अध्यक्ष वाङ बू र प्रोजेक्ट म्यानेजर याङ जिगाङलाई पनि विपक्षी बनाएको छ। उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो, जरिवाना, कैद र थप सजायको माग गरेको छ।

बिज्ञापन

यसरी भ्रष्टाचार मुद्धा दायर भएकामध्ये गण्डकीका प्रमुख सचिव घिमिरे बहालवाला कर्मचारी हुन । उनी हाल गण्डकी प्रदेशका मुख्य सचिव हुन । पर्यटन मन्त्रालयमा सहसचिवका रुपमा काम गरेका बेला उनी करछुटसम्बन्धी अनियमिततामा संलग्न भएको अख्तियारको दाबी छ। सोही समयमा भ्रष्टाचार भएको भन्दै उनी सहित २३ जना उच्च सरकारी अधिकारी र चिनियाँ निर्माण कम्पनीका पदाधिकारीविरुद्ध मुद्दा दायर भएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष