६ सहसचिव र दुई उपसचिवको सरुवा,कारागारका महानिर्देशक फेरिए

गृह मन्त्रालयले आठ जना कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयको गत वैशाख ३० को निर्णय अनुसार उपसचिवस्तरका दुई र मंगलबारको निर्णय अनुसार सहसचिव तहका ६ जना कर्मचारीहरुको सरुवा भएको हो ।

बिज्ञापन

गृह मन्त्रालका अनुसार रिक्त रहेका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाइएको छ यस्तै तीन वटा विभागका प्रमुखहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार,प्रमुख अध्यागमन अधिकृत निश्चलराज पाण्डेलाई दाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाइएको छ भने कारागार व्यवस्थापन विभागका महानिर्देशक शशिधर घिमिरेलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा पठाइएको छ । यस्तै,अध्यागमन विभागका प्रमुख नरहरि घिमिरेलाई जिल्ला प्रशासन कार्यालय ललितपुरको प्रमुख जिल्ला अधिकारी,रुपन्देहीको प्रमुख जिल्ला अधिकारी माधव पोखरेललाई कारागार व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।
यस्तै, दाङको सिडियो विश्व प्रकाश अर्याललाई जिल्ला प्रशासन कार्यालय रुपन्देही र धनकुटाको सिडियो विनोद कुमार खड्कालाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यस्तै गृहले गत वैशाख ३० मा रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारीमा निशानराज गौतमलाई खटाएको छ भने दिनेश प्रसाद थानीलाई गृहमा ल्याएको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

४० हजार घुससहित पक्राउ परे नासु

सरकारका सह सचिव बेपत्ता

विदा लिएर कहाँ हराए ५२९ कर्मचारी ? सरकारी अभिलेखमै भेटिए गम्भीर प्रश्न

करारका अमिनसँग १ करोड १२ लाख अवैद्य आम्दानी,तोकियो एक बर्ष कैद

मुस्ताङको भेप अनुसन्धानमै जालझेल, मुख्य नाइके जोगाएर भरियामाथि मात्रै मुद्दा ?

बिशेष