कार्यकाल सकिएकै भोलिपल्टै विवादित भट्टलाई अर्काे चार बर्षका लागि नियुक्ति

सरकारले समाज कल्याण परिषद्को सदस्यसचिवमा कञ्चनपुरका मनोज भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम टुंग्याएको हो । निर्णय प्रमाणीकरण हुन भने बाँकी छ ।

बिज्ञापन

मुलुकभर करिब ५६ हजारको हाराहारीमा गैरसरकारी संघ संस्थाहरुको नियमित मूल्याङ्कन, सुपरिवेक्षण तथा अनुगमनको जिम्मेवारी विगतदेखि नै विवादमा परेका र काँग्रेसका सभापति शेर बहादुर देउवा निकटका मनोज भट्टलाई दिइएको हो । भट्टको चार बर्षे कार्यकाल सकिएलगतै उनलाई पुन दोहोर्याएर नियुक्ति दिइएको हो । ४ वर्षे कार्यकाल सकिएको भोलिपल्टै फेरि ४ वर्षका लागि दोहोऱ्याएर भट्टलाई नियुक्ति दिइएको हो ।

बिज्ञापन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु देउवासँग निकट रहेका भट्ट यसअघि परिषद्को सदस्य भइसकेका व्यक्ति हुन् । भट्ट देउवा प्रधानमन्त्री भएका बेला मंसिर, २०७८ मा भट्ट समाजकल्याण परिषद्को सदस्य सचिवमा नियुक्त भएका थिए । उनीविरुद्ध अख्तियार र मन्त्रालयमा उजुरी परेपछि सरकारले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

असोज, २०८० मा तत्कालीन मन्त्री सुरेन्द्र आचार्यले उनलाई पदबाट हटाएका थिए । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट भट्ट समाज कल्याण परिषद्मा फर्किएका थिए । त्यसपछि परिषद्का कोषाध्यक्ष विनय लामाले कार्यालयमा प्रवेश गर्न नदिँदा विवाद बढेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुख्यसचिव अर्याल विदामा नबस्ने,१० मंसिरसम्म कुर्सीमै बस्ने,को होलान नयाँ मुख्यसचिव ?

५२ बर्षपछि सिंहदरबारभित्र सर्दै स्वास्थ्य मन्त्रालय,कटेजमै मन्त्री- सचिवको कार्यकक्ष तयार

एमाले नेता रोक्न जेन जीहरुद्धारा विमानस्थल घेराऊ,प्रशासनले लगायो कर्फ्यू

कार्यकाल सकिएकै भोलिपल्टै विवादित भट्टलाई अर्काे चार बर्षका लागि नियुक्ति

अदालतमै घुस खाने नायब सुब्बा अख्तियारको फन्दामा

अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

बेलौतीको प्रज्ञापनपत्र बनाएर भारतीय व्यापारीले पास गरे ६ ट्रक केरा,राजश्वको राडारमा को को तानिँदै ?

बिशेष