कार्यकाल सकिएकै भोलिपल्टै विवादित भट्टलाई अर्काे चार बर्षका लागि नियुक्ति

सरकारले समाज कल्याण परिषद्को सदस्यसचिवमा कञ्चनपुरका मनोज भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम टुंग्याएको हो । निर्णय प्रमाणीकरण हुन भने बाँकी छ ।

बिज्ञापन

मुलुकभर करिब ५६ हजारको हाराहारीमा गैरसरकारी संघ संस्थाहरुको नियमित मूल्याङ्कन, सुपरिवेक्षण तथा अनुगमनको जिम्मेवारी विगतदेखि नै विवादमा परेका र काँग्रेसका सभापति शेर बहादुर देउवा निकटका मनोज भट्टलाई दिइएको हो । भट्टको चार बर्षे कार्यकाल सकिएलगतै उनलाई पुन दोहोर्याएर नियुक्ति दिइएको हो । ४ वर्षे कार्यकाल सकिएको भोलिपल्टै फेरि ४ वर्षका लागि दोहोऱ्याएर भट्टलाई नियुक्ति दिइएको हो ।

बिज्ञापन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु देउवासँग निकट रहेका भट्ट यसअघि परिषद्को सदस्य भइसकेका व्यक्ति हुन् । भट्ट देउवा प्रधानमन्त्री भएका बेला मंसिर, २०७८ मा भट्ट समाजकल्याण परिषद्को सदस्य सचिवमा नियुक्त भएका थिए । उनीविरुद्ध अख्तियार र मन्त्रालयमा उजुरी परेपछि सरकारले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

असोज, २०८० मा तत्कालीन मन्त्री सुरेन्द्र आचार्यले उनलाई पदबाट हटाएका थिए । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट भट्ट समाज कल्याण परिषद्मा फर्किएका थिए । त्यसपछि परिषद्का कोषाध्यक्ष विनय लामाले कार्यालयमा प्रवेश गर्न नदिँदा विवाद बढेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बिशेष