सचिव बनेको तीन महिना पछि श्रीमतीलाई नर्सिङ प्रशिक्षकमा ठाडो नियुक्ति

डा विकास देवकोटा स्वास्थ्य सचिव नियुक्त भएको तीन महिना नपुग्दै पत्नीलाई स्वास्थ्य मन्त्रालय मातहतको एक अस्पतालको अधिकृत स्तरको पदमा ठाडो नियुक्ति दिलाएको भेटिएको छ । उनले आफ्नो श्रीमती  विष्णु भुजेललाई विना प्रतिष्प्रर्धा नर्सिङ प्रशिक्षक नियुक्त गरेको पाइएको छ । सचिव देवकोटाको दबाब र प्रभावमा नै श्रीमतीलाई विना प्रतिष्प्रर्धा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नर्सिङ क्याम्पसमा नर्सिङ प्रशिक्षक नियुक्त गरेको अस्पतालका कर्मचारीहरुले जनाएको छ ।

बिज्ञापन

पूर्ववर्ती सरकारले गत फागुन २१ मा देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गरेको थियो । स्वास्थ्य सचिवका लागि बढुवा समितिले वरीयताका आधारमा डा. संगीता कौशल मिश्रा, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको भए पनि सरकारले देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गरेको थियो । बढुवा हुँदा उनी स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा थिए । २०८१ असोज ६ देखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा रहँदा समेत खरिद प्रक्रियामा बदमासी र मिलेमातो गरेको भन्दै उनी उपर छानबिनको माग गर्दै विभिन्न सरोकारवाला निकायमा उजुरी परेका छन् । ०५३ सालमा सेवा प्रवेश गरी २०७९ चैत १३ गते १२औं तह अर्थात् अतिरिक्त सचिवमा बढुवा भएका उनले लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारीमा रहँदा विवादमा परेका कर्मचारी हुन ।

बिज्ञापन

उनै देवकोटा सचिव नियुक्त भएसँगै आफ्नी पत्नीलाई विना प्रतिष्प्रर्धा परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालमा प्रवेश गराएका हुन । उनी सचिव बढुवा भएको तीन महिना पछि नै श्रीमतीलाई परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालको नर्सिङ प्रशिक्षकमा नियुक्त गरेका हुन । क्याम्पसले करार कर्मचारी नियुक्ति नियमावली नबनाई गत चैत्र र वैशाखमा डा देवकोटाकी श्रीमती भुजेलसहित चार जना नर्सिङ प्रशिक्षक नियुक्त गरेको हो । देवकोटा पत्नी भुजेलको सेवा अवधि जेठ १ गतेबाट ०८३ असारसम्म तोकिएको छ । उनी सचिव नियुक्त भएको तीन महिना पछि श्रीमती भुजेललाई अस्पतालको नर्सिङ प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो । यस अघि पनि यसै गरी ठाडै तीन जनालाई नर्सिङ प्रशिक्षकमा विना प्रतिष्प्रर्धा नियुक्त गरिएको थियो । अस्पतालले आवेदन नै माग नगरी आन्तरिक रूपमा प्रतिस्पर्धाका नाममा उनीहरुलाई नियुक्त गरेको हो ।

अस्पताल प्रशासनले विष्णु भुजेल सचिव विकास देवकोटाको श्रीमती भएको स्वीकार गरेको छ तर उहाँको नियुक्ति नियमसंगत ढंगबाटै भएको अस्पतालले भनेको छ । कर्मचारी प्रशासनले अस्पताल प्रशासनसँग यो बिषयमा जिज्ञासा राख्दा, सचिवको सोर्स फोर्सको आधारमा नभइ आन्तरिक प्रतिस्पर्धामार्फत सचिव देवकोटा पत्नी भुजेलसहित चार जनालाई नियुक्त गरेको जनाएको छ । अस्पतालले भने ०८१ पुस २२ मा परोपकार नर्सिङ क्याम्पसले ४ जना प्रशिक्षकको माग गरेको जनाएको छ । क्याम्पस व्यवस्थापन समितिद्वारा गठित छनोट समितिले २०८१ फागुन १२ र १३ मा आवेदकहरूको अन्तर्वार्ता र माइक्रो टिचिङ लिएर सिफारिस गरेको आधारमा साइक्याट्रिक हेल्थ नर्सिङ र कम्युनिटी नर्सिङ विषयका प्रशिक्षक नियुक्त गरिएको र ०८२ वैशाख २१ मा पेडियाट्रिक विषयका लागि माग भएपछि प्रतिक्षा सूचीको तेस्रो वरियतामा रहेकी विष्णु भुजेललाई २०८२ जेठ १ देखि करारमा नियुक्त गरिएको अस्पतालले जनाएको छ । सो क्याम्पसमा हाल १२ जना नर्सिङ प्रशिक्षकहरू रहेका जनाएको छ । भुजेललाई अधिकृतस्तरको छैटौँ तहको पदमा नियुक्ति दिलाइएको हो ।

बिज्ञापन

प्रसूतिगृह अस्पतालले विसं २०७३ साल देखि कुपण्डोलस्थित परोपकार नर्सिङ क्याम्पस सञ्चालन गरेको छ । सुरुका दिनमा प्रविणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन भएता पनि हाल उक्त कार्यक्रम स्थगित भई बीएमएस र बीएस्सी नर्सिङ कार्यक्रम सञ्चालन भईरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सदाचारको कसीमा सुशासन

निजामती कर्मचारीको मात्र किन काटिँदैछ दरबन्दी ?

लेखा सर बजेट हेर्नुहोस्, कागजपत्र हैन

५१ नायब सुब्बाको सरुवा

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

बिशेष