शिक्षा अधिकृतको ‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिका झुण्डिइन्,पक्राउ परे रावल

डोटीमा २७ वर्षीया शिक्षिका झुण्डिएको अवस्थामा फेला परेपछि एक शिक्षा अधिकृत पक्राउ परेका छन् । शिक्षा अधिकृत गणेश रावललाई प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

डोटीकै शिखर नगरपालिका– ११ स्थायी घर भई जिल्ला शिक्षा समन्वय एकाइ सिलगढीमा कार्यरत शिक्षा अधिकृत गणेशबहादुर रावलले आफूसँग विवाह नगरे मारिदिने धम्की दिएपछि सोही जिल्ला स्थायी घर भई बाजुराको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह गणित शिक्षकको रूपमा कार्यरत जानकी खड्काले आत्महत्या गरेकी हुन ।

बिज्ञापन

शिक्षिका खड्काको सुसाइड नोटका आधारमा शिक्षा अधिकृत रावललाई पक्राउ गरिएको हो । रावलले शिक्षिका खड्कालाई विवाहका लागि दबाब दिएका थिए ।
सुसाइड नोटमा लेखिएको छ,अहिलेसम्म ड्याडी मम्मीको इज्जत र खुसी सम्झेर बसेकी थिएँ । आज मलाई जिन्दगीले अनौठो मोडमा ल्याएर उभ्याइदियो । सो सरी भाइ मेरो कारण तिमीलाई र ड्याडीलाई यत्रो महिना तनाव भयो । के गरूँ भाइ, गणेश रावलले आफैँ फ्रेन्ड रिक्वेस्ट पठाएको हो । न मैले उसलाई भेटेको छु न देखेको छु । सबै उसका नाटक हुन् मलाई फसाउने ।’

सुसाइड नोटमा लेखिएको छ ‘मेरो आयु यत्ति नै रहेछ, के गरूँ भाइ ? बाबाआमाको इज्जत गुमाएर, तिमीहरूलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ ।’

बिज्ञापन

रावलको निरन्तरको धम्कीपछि खड्काले गत १० कात्तिकमा घरभन्दा ७ सय मिटर तल खोला किनारमा रहेको उत्तिसको बोटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । शिक्षिकाले आत्महत्या गरेपछि उनको चक्रबहादुर खड्काले आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी कार्यालय डोटीमा जाहेरी दिएका छन् । जोहेरीपश्चात् ११ कात्तिकमा नै रावललाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीले घटनाको अनुसन्धानका क्रममा शिक्षा समन्वय इकाई डोटीका शिक्षा अधिकृत गणेश रावललाई पक्राउ गरेको जनाएको छ । खड्का अविवाहित थिइन् भने पक्राउ परेका रावलको श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको छ । उनका दुई सन्तान रहे पनि उनीहरू आमासँगै बसिरहेका छन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।

शिक्षिका खड्का अविवाहित थिइन् भने पक्राउ परेका रावलको श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको छ । उनका दुई सन्तान रहे पनि उनीहरू आमासँगै बसिरहेका छन् ।उनले शिक्षिकालाई आफूसँग विवाह नगरे ज्यान लिने धम्की दिएका थिए । शिक्षिका खड्काको सुसाइड नोटमा आधारमा अधिकृत  रावललाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपानीको ‘दानापानी’ खाने भन्सारका कर्मचारी अख्तियारको राडारमा

मन्त्रिपरिषद् बैठक बस्दै,जाँचबुझ आयोगको म्याद थप्ने तयारी

प्रदेश लोकसेवाले माग्यो सहायकस्तर चौथो तहमा ५ सय ३३ कर्मचारी

राष्ट्रिय सभामा आज विधेयक केन्द्रित एजेन्डा, सामाजिक सञ्जाल र पर्यटन विधेयकमाथि छलफल

स्वास्थ्य दुई कर्मचारी ११ औं तहमा बढुवा सिफारिस

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

बिशेष