बिरगंजकाे कवाडी ठुटीबारी यसरी हुन्छ तस्करी 

बिरगंज र बाराबाट हुदै आएको कवाडीकाे तस्करी यहाँबाट राेकिएपछि अहिले नवलपरासीको ठुटीबारीबाट हुन थालेको छ। बिरगंजबाट कवाडी लिएर नवलपरासीको ठुटीबारी नाका हुदै भारत तर्फ तस्करी हुदै आएको छ। यो भिडियो पर्साकाे इनर्वा गाउँमा कवाडी लाेड गर्दाको हो । यसअघि पनि पटकपटक यसरी नै बिरगंजबाट कवाडी लाेड गरेर ठुटीबारीबाट भारततर्फ तस्करी हुदै आएको थियो । यसरी तस्करी गर्ने तस्करीकाे नाइके भारतीय नागरिक सन्तोष गुप्ता रहेको समेत खुलेको छ।

बिज्ञापन

ठुटिबारी भारत घर भएका सन्तोष गुप्ता धेरै बर्ष अघिदेखि नेपालबाट कवाडी सामान भारतमा पठाउने कार्यमा संलग्न हुदै आएका थिए । कवाडीको सामान उनले डब्बामा राखेर उनले भारत पुर्याउंदै आएका थिए ।कहिले रूपन्देहीको मौनीहवाबाट त कहिले पश्चिम नवलपरासीको हरकपुराबाट कवाडीको नाममा चरेस तस्करी धन्दा उनले गर्दै आएको समेत खुलेको छ । भारतीय प्रहरीले कवाडी सामान भनेर सामान्य चेकजाँच गरि छोड्ने गर्दै आएकोमा यसभन्दा पहिले पनि एकपटक चरेश समातिय पछि गुप्ताको कवाडी व्यापारमा निगरानी बढाएको थियो ।

बिज्ञापन

कवाडी सामानमा चरेस लुकाएर लैजाने धन्दा गुप्ताले बर्षाैं देखि गर्दै आएको समेत उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । गुप्ताको हरकपुरामा कवाडीको गोदाम समेत रहेको छ ।

सन्तोषले रमेश नाम गरेको अर्को व्यक्ति नेपालमा साझेदार राखेर कवाडीकाे तस्करी गर्दै आइरहेका छन् । यसअघि कवाडीकाे आडमा ठूलो मात्रामा लागूऔषध चरेस बरामद भए पछि उनलाई भारतीय प्रहरीले पक्राउ गरि लामो समय थुनामा राखेपछि उनी पछि छुटेका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृतको विज्ञापन खोल्ने तयारी,माग आकृति फाराम पठाउन सामान्यको पुन ताकेता

१ लाख ३६ हजार मतदाता थपिए

भक्तपुर अस्पतालको खण्डन : ‘स्पेक लक र सप्लायर्ससँगको मिलेमतो समाचारमा कुनै सत्यता छैन’

डा. विलोक मिश्रको असामयिक निधन

सेवाग्राही भन्छन्,संस्था दर्ता-नवीकरणमै घुस मागियो ,सिडियो भन्छन् : ‘प्रमाण ल्याउनुहोस’

राजस्व अनुसन्धान विभाग ‘निष्क्रिय’: मुस्ताङको कोरला नाकाबाट खुलेआम ब्रह्मलुट

इन्सपेक्टर लामालाई गृहले सोध्यो स्पष्टीकरण

जेनजी राजमा पनि रोकिएन कर्मचारी सरुवामा विकृती : एमाले निकटकालाई छानी छानी जिम्मेवारी

बिशेष