बिरगंजकाे कवाडी ठुटीबारी यसरी हुन्छ तस्करी 

बिरगंज र बाराबाट हुदै आएको कवाडीकाे तस्करी यहाँबाट राेकिएपछि अहिले नवलपरासीको ठुटीबारीबाट हुन थालेको छ। बिरगंजबाट कवाडी लिएर नवलपरासीको ठुटीबारी नाका हुदै भारत तर्फ तस्करी हुदै आएको छ। यो भिडियो पर्साकाे इनर्वा गाउँमा कवाडी लाेड गर्दाको हो । यसअघि पनि पटकपटक यसरी नै बिरगंजबाट कवाडी लाेड गरेर ठुटीबारीबाट भारततर्फ तस्करी हुदै आएको थियो । यसरी तस्करी गर्ने तस्करीकाे नाइके भारतीय नागरिक सन्तोष गुप्ता रहेको समेत खुलेको छ।

बिज्ञापन

ठुटिबारी भारत घर भएका सन्तोष गुप्ता धेरै बर्ष अघिदेखि नेपालबाट कवाडी सामान भारतमा पठाउने कार्यमा संलग्न हुदै आएका थिए । कवाडीको सामान उनले डब्बामा राखेर उनले भारत पुर्याउंदै आएका थिए ।कहिले रूपन्देहीको मौनीहवाबाट त कहिले पश्चिम नवलपरासीको हरकपुराबाट कवाडीको नाममा चरेस तस्करी धन्दा उनले गर्दै आएको समेत खुलेको छ । भारतीय प्रहरीले कवाडी सामान भनेर सामान्य चेकजाँच गरि छोड्ने गर्दै आएकोमा यसभन्दा पहिले पनि एकपटक चरेश समातिय पछि गुप्ताको कवाडी व्यापारमा निगरानी बढाएको थियो ।

बिज्ञापन

कवाडी सामानमा चरेस लुकाएर लैजाने धन्दा गुप्ताले बर्षाैं देखि गर्दै आएको समेत उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । गुप्ताको हरकपुरामा कवाडीको गोदाम समेत रहेको छ ।

सन्तोषले रमेश नाम गरेको अर्को व्यक्ति नेपालमा साझेदार राखेर कवाडीकाे तस्करी गर्दै आइरहेका छन् । यसअघि कवाडीकाे आडमा ठूलो मात्रामा लागूऔषध चरेस बरामद भए पछि उनलाई भारतीय प्रहरीले पक्राउ गरि लामो समय थुनामा राखेपछि उनी पछि छुटेका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

दुई सातामै ५ सहसचिव,३३ उपसचिव२९ शाखा अधिकृतसहित १४६ ले दिए राजीनामा

अख्तियारका डिआईजीदेखि इन्स्पेक्टरसम्मको सेटै परिवर्तन

३ वटा गाडी फेरि–फेरि चढ्ने शक्तिशाली सहसचिव !

दाउन्ने खण्डको सडक ३० वर्षसम्म टिक्ने, निर्माण कार्य अन्तिम चरणमा

राजीनामाको लहरसँगै ई–पेन्सन आवेदन बढ्यो, बाँकी सबै फर्छ्योट गर्न विशेष अभियान

गृहको कर्मचारी सरुवामा उस्तै गडबडी

सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ पुगे ?

प्रशासन सुधार कि वैधानिक अपेक्षाको संरक्षण?

बिशेष