सामान्य प्रशासनलाई ५ अर्ब ६३ करोडको सिलिङ

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक बर्षका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ५ अर्बको ६३ करोडको बजेटको सिलिङ तोकिदिएको छ । आयोगले आम्दानी र खर्च गर्न सक्ने क्षमतालाई आँकलन गरेर आगामी आवको लागि सम्बन्धित मन्त्रालयलाई बजेटको सिलिङ तोकिएको हो ।

बिज्ञापन

आयोगले आवका सबैभन्दा धेरै गृह मन्त्रालयले १ खर्ब ९५ अर्ब रुपैयाँको सिलिङ पाएको छ ।योजना आयोगका अनुसार शिक्षा मन्त्रालयले २ खर्ब,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ३१ अर्ब,शहरी विकासलाई ४६ अर्ब,उर्जाका लागि २८ अर्ब बजेट सिलिङ तोकिएको छ ।

बिज्ञापन

यस्तै,स्वास्थ्य मन्त्रालयलाई ५२ अर्ब,कृषि मन्त्रालयलाई ५१ अर्ब बजेट सिलिङ तोकिएको छ । अर्थका लागि ४० अर्ब,पर्यटन मन्त्रालयलाई ८ अर्ब बजेट सिलिङ तोकिएको छ ।
चालु आर्थिक बर्षमा ५ अर्ब ६७ करोड ९८ लाख बजेट पाएको सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक बर्षका लागि ५ अर्ब ६३ करोड बजेट सिलिङ पाएको हो ।
उत्त, बजेटमध्ये मन्त्रालयका लागि ७८ करोड ९ लाख,अतिरिक्त समूह – ११ करोड ५० लाख,सङ्घीय शासन प्रणाली व्यवस्थापन कार्यक्रम – २५ लाख,जिल्ला समन्वय समितिको कार्यालय – एक अर्ब २३ करोड ९० लाख,बहुक्षेत्रीय पोषण कार्यक्रम – ८ करोड,तराई मधेस समृद्धि कार्यक्रम – २ करोड ५४ लाख,प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम – ५१ करोड,निजामती किताबखना – १८ करोड ७५ लाख,स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान – १० करोड ७५ लाख,नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान– २१ करोड ५० लाख,निजामती कर्मचारी अस्पताल विकास समिति – २३ करोड बजेट प्रस्ताव गरेको छ ।

चालु आर्थिक बर्षमा मन्त्रालयको बजेट खर्च निराशाजनक देखिएको छ । मन्त्रालयले चालुतर्फ १७ प्रतिशत हाराहारी र पुँजीगततर्फ ३ प्रतिशत खर्च गरेको देखिन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अकुत सम्पत्तिको आरोपले घेरिएका सचिव सिग्देल : ओम अस्पतालदेखि सरकारी जग्गासम्म विवादै विवाद

मापदण्ड मिचेर विपद् प्राधिकरण पुगे भट्ट : अब बालेन सरकारले हटाउँछ कि जोगाउँछ ?

कर्मचारीतन्त्रमा ठूलो रिफर्म प्रस्ताव: मुख्यसचिव २ वर्ष, सचिव ३ वर्ष र सहसचिव १० वर्ष पदावधि

उपसचिवको लिखित परीक्षा वैशाख तेस्रो सातादेखि, कुन सेवाको कहिले ?

फिल्म निर्माताको ठगी धन्दा,बल्ल परे प्रहरीको फन्दा

राजश्वका पूर्व महानिर्देशक अधिकारीलाई २५ लाख धरौटीमा छाड्न आदेश

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर,सब इन्जिनियर,लेखापालसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्धा दायर

सामान्य प्रशासनको लाचारी : १४५ स्थानीय तहमा खटाउन सकेन दरबन्दी अनुसारको कर्मचारी

बिशेष