गृहसहित तीन सचिवको सरुवा

सरकारले तीन जना सचिवहरुको सरुवा गरेका छ ।
सरुवा भएका सचिवहरुमा गृह,रक्षा र राष्ट्रिय योजना आयोगका सचिवहरु रहेका छन् ।

बिज्ञापन

जस अनुसार, गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पुर्याइएको छ भने गृहमा रामेश्वर दंगाललाई ल्याइएको छ। दंगाल अहिले रक्षा सचिवको भूमिका थिए । यस्तै रक्षामा सचिव सुमनराज अर्याललाई लगिएको छ । अर्याल राष्ट्रिय योजना आयोगमा कार्यरत थिए ।

बिज्ञापन

गृह सचिवलाई हटाउने तयारी भइरहेको बिषयमा कर्मचारी प्रेसले हिजै समाचार प्रकाशन गरेको थियो । दुवाडी रमेश लेखक गृहमन्त्री हुँदा गत बर्ष भदौं २१ मा गृह सचिवको रुपमा दुवाडीलाई लगिएको थियो । करिब १३ महिना पछाडि भएको सरकार परिवर्तन सँगै दुवाडीलाई गृहबाट योजना आयोगमा सारिएको हो । उनी गृह सचिव हुँदा नै भिजिट भिसा प्रकरणमा उनैले रोजेर पठाएका सहसचिव तिर्थराज भट्टराई मुछिएका थिए । यस्तै कर्मचारी सरुवामा समेत गृह आफैले बनाएको कार्यविधि विपरित कर्मचारी खटन पटन गरिएको कारण दुवाडीको भूमिकामाथि प्रश्न उठ्दै आएको थियो । दुर्गा प्रसाईको आन्दोलनमा भएको जन धनको क्षति र गत भदौं २३ र २४ मा भएको जेनजीहरुको आन्दोलनको क्रममा भएको जन धनको क्षतिमा समेत गृह प्रशासनको कमजोर कमाण्ड नै प्रमुख कारण मानिदैं आएको छ । दुवाडी अबको दुई महिना पछाडि नै मुख्य सचिव एकनारायण अर्यालसँगै अनिवार्य अवकाशमा जाँदैछन् ।

गृह सचिवलाई हटाउने तयारी

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धुलिखेलमा पहिरोपीडितको घरबाट सामान सुरक्षित स्थानमा सारियो

काठमाडौंका प्रमुख राजमार्गहरू एकतर्फी सञ्चालनमा

बिपी राजमार्ग सुचारु हुन ढिलाइ, वैकल्पिक सडक पनि जोखिममा

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

बिशेष