गृहसहित तीन सचिवको सरुवा

सरकारले तीन जना सचिवहरुको सरुवा गरेका छ ।
सरुवा भएका सचिवहरुमा गृह,रक्षा र राष्ट्रिय योजना आयोगका सचिवहरु रहेका छन् ।

बिज्ञापन

जस अनुसार, गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पुर्याइएको छ भने गृहमा रामेश्वर दंगाललाई ल्याइएको छ। दंगाल अहिले रक्षा सचिवको भूमिका थिए । यस्तै रक्षामा सचिव सुमनराज अर्याललाई लगिएको छ । अर्याल राष्ट्रिय योजना आयोगमा कार्यरत थिए ।

बिज्ञापन

गृह सचिवलाई हटाउने तयारी भइरहेको बिषयमा कर्मचारी प्रेसले हिजै समाचार प्रकाशन गरेको थियो । दुवाडी रमेश लेखक गृहमन्त्री हुँदा गत बर्ष भदौं २१ मा गृह सचिवको रुपमा दुवाडीलाई लगिएको थियो । करिब १३ महिना पछाडि भएको सरकार परिवर्तन सँगै दुवाडीलाई गृहबाट योजना आयोगमा सारिएको हो । उनी गृह सचिव हुँदा नै भिजिट भिसा प्रकरणमा उनैले रोजेर पठाएका सहसचिव तिर्थराज भट्टराई मुछिएका थिए । यस्तै कर्मचारी सरुवामा समेत गृह आफैले बनाएको कार्यविधि विपरित कर्मचारी खटन पटन गरिएको कारण दुवाडीको भूमिकामाथि प्रश्न उठ्दै आएको थियो । दुर्गा प्रसाईको आन्दोलनमा भएको जन धनको क्षति र गत भदौं २३ र २४ मा भएको जेनजीहरुको आन्दोलनको क्रममा भएको जन धनको क्षतिमा समेत गृह प्रशासनको कमजोर कमाण्ड नै प्रमुख कारण मानिदैं आएको छ । दुवाडी अबको दुई महिना पछाडि नै मुख्य सचिव एकनारायण अर्यालसँगै अनिवार्य अवकाशमा जाँदैछन् ।

गृह सचिवलाई हटाउने तयारी

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष