गृह सचिवलाई हटाउने तयारी

गृहसचिव गोकर्णमणि दुवाडीलाई अन्यन्त्र सरुवा गर्ने तयारी भइरहेको छ । यस अघि रमेश लेखक गृहमन्त्री हुँदा गत बर्ष भदौं २१ मा गृह सचिवको रुपमा दुवाडीलाई लगिएको थियो ।
दुवाडी त्यस समयमा राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत थिए । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्यांक कार्यालयमा पुगेका दुवाडीलाई १३ महिना अगाडि गृहमा लगिएको थियो ।

बिज्ञापन

उनी गृह सचिव हुँदा नै भिजिट भिसा प्रकरणमा उनैले रोजेर पठाएका सहसचिव तिर्थराज भट्टराई मुछिएका थिए । यस्तै कर्मचारी सरुवामा समेत गृह आफैले बनाएको कार्यविधि विपरित कर्मचारी खटन पटन गरिएको कारण दुवाडीको भूमिकामाथि प्रश्न उठ्दै आएको थियो ।

बिज्ञापन

दुर्गा प्रसाईको आन्दोलनमा भएको जन धनको क्षति र गत भदौं २३ र २४ मा भएको जेनजीहरुको आन्दोलनको क्रममा भएको जन धनको क्षतिमा समेत गृह प्रशासनको कमजोर कमाण्ड नै प्रमुख कारण मानिदैं आएको छ ।

सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२ अन्तर्गत निजामती कर्मचारीमा पनि ‘जेनजी समूह’ ले हिजो मात्र भष्टाचारमुक्त र सुशासनयुक्त सार्वजनिक प्रशासन निर्माण गरी आन्दोलनको मूल मर्म र भावनालाई कार्यान्वयन गर्न भन्दै अभियानले ६ बुँदे आह्वान गरेको थियो ।

बिज्ञापन

अभियानले नेपाल सरकारका मुख्यसचिव, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र गृहसचिवलगायतका जिम्मेवार पदाधिकारी एवं कर्मचारीहरूको तत्काल बर्खास्त गर्न नेपाल सरकारसमक्ष माग समेत अगाडि सारिरहेको अवस्थामा अन्तरिम सरकारका गृहमन्त्रीको भूमिकामा रहेका ओमप्रकाश अर्यालले गृह सचिव परिवर्तन गर्न खोजेका हुन ।

नेपाल प्रहरीको हतियार र पोशाक खरिदको विवादमा तानिएपछि सचिव दुवाडीलाई सरुवा गर्न लागिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । ओमप्रकाश अर्याल गृहमन्त्री बने लगतै नेपाल प्रहरीको पोसाक खरिद प्रक्रिया अगाडि बढेको थियो । उक्त खरिद प्रक्रियामा झण्डै आधा अर्व घोटाला गरिएको बिषय बाहिरिएसँगै अर्यालले सचिव दुवाडीलाई सरुवा गर्न लागेका हुन । प्रहरीका विभिन्न २५ आइटम पोसाक खरिदमा बजार मूल्य र गत वर्ष खरिद भएको मूल्यभन्दा दोब्बर मूल्य कवोल गर्ने व्यापारीलाई खरिदको जिम्मा लगाइएको बिषय सार्वजनिक भएसँगै दुवाडी सरुवा हुन लागेका हुन । यस अघि भूमिमा हुँदा समेत दुवाडी विवादमा तानिएका थिए । कर्मचारी सरुवामा आफ्ना भाञ्जालाई अगाडि सारेर रकम असुलेको भूमिका भुक्तभोगी कतिपय कर्मचारीहरुले बताउने गरेका छन् ।

सम्भवतः मन्त्रिपरिषद्को आगामी बैठकबाट उनलाई हटाउने र अर्का एक जनालाई गृहमा ल्याउने बुझिएको छ ।

दुवाडी अबको दुई महिना पछाडि नै मुख्य सचिव एकनारायण अर्यालसँगै अनिवार्य अवकाशमा जाँदैछन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

बिशेष