डा. लम्साल सचिवमा बढुवा

 

बिज्ञापन

सरकारले डा. हरि लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले डा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस समितिले सहसचिवत्रय डा हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस गरेको थियो । । क्याविनेटले पहिलो नम्बरमा बढुवा सिफारिस भएका डा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । शिक्षा सेवाका सहसचिव लम्साल हाल सुदूर पश्चिम प्रदेशको कायम मुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा छन् ।

बिज्ञापन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अवकाशको केहीदिनअघि राजीनामा दिएसँगै रिक्त हुन पुगेको सचिव पदका लागि डा लम्साललाई बढुवा गरिएको हो ।

बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्यमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

यस्तै आजको क्याविनेट बैठकले चैते धानको समर्थन मूल्य तोकेको छ । सरकारले चालु आर्थिक वर्षका लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७०७ रुपैयाँ तोकेको हो । यस्तै,१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने सरकारले निर्णय गरेको छ ।

त्यसैगरी बैठकले संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२५ दफामा छलफल सकिँदा उल्टिए तीन प्रावधान,१२२ दफा चार दिनभित्रै सकाउनुपर्ने दवावमा समिति

सरकारी सुविधामा विदेश पढ्न गएका प्राविधिकहरु फरार,छैन भगौडा कर्मचारीको विवरण

अतिरिक्त सचिवको व्यवस्था हट्यो,अरु कुन- कुन प्रावधान उल्टियो ?

कर्मचारी प्रेसको समाचारपछि मन्त्रालय सक्रिय, सुईहरूको जिम्मेवारी फेरबदल

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा राज्यको बलजफ्ती

९ उपसचिवको सरुवा,तीन कार्यालय प्रमुख हेरफेर

कालापानीमा बल्झिएको नेपालको घाऊ

अख्तियारमा मुद्दा खेपिरहेका उपसचिव उमेश ललितपुर फर्कने चलखेल

बिशेष