डा. लम्साल सचिवमा बढुवा

 

बिज्ञापन

सरकारले डा. हरि लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले डा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस समितिले सहसचिवत्रय डा हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस गरेको थियो । । क्याविनेटले पहिलो नम्बरमा बढुवा सिफारिस भएका डा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । शिक्षा सेवाका सहसचिव लम्साल हाल सुदूर पश्चिम प्रदेशको कायम मुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा छन् ।

बिज्ञापन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अवकाशको केहीदिनअघि राजीनामा दिएसँगै रिक्त हुन पुगेको सचिव पदका लागि डा लम्साललाई बढुवा गरिएको हो ।

बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्यमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

यस्तै आजको क्याविनेट बैठकले चैते धानको समर्थन मूल्य तोकेको छ । सरकारले चालु आर्थिक वर्षका लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७०७ रुपैयाँ तोकेको हो । यस्तै,१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने सरकारले निर्णय गरेको छ ।

त्यसैगरी बैठकले संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष