‘सहज सेवा प्रवाह हाम्रो प्रमुख दायित्व’ :- प्रजिअ खत्री

सहज सार्वजनिक सेवा प्रवाह कर्मचारीहरुको प्रमुख र पहिलो दायित्व भएको अर्घाखाँचीका नयाँ प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले बताए ।
गृह मन्त्रालयले चैत्र ०६ गते गरेको सरुवामा अर्घाखाँची पदस्थापन भएका प्रजिअको एक कार्यक्रमबीच निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समितिले स्वागत गरेको हो । कार्यक्रममा प्रजिअ खत्रीले नीति, नियम, विधी र पद्दतीलाई शिरोधार्य गर्दै सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य रहेको भन्दै सेवा प्रवाहका शिलसिलामा निजामती कर्मचारीहरुलाई आई पर्ने समस्या र त्यसको निराकरण, समन्वयन र सहजीकरण गर्न आफू हरदम तयार रहेको बताएका थिए । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले कर्मचारीहरुको हकहितका साथै वकालत, सहजीकरण, समन्वय गर्नुका साथै जिल्लामा आउने नयाँ कर्मचारी र सरुवा भएर जाने कर्मचारीहरुको स्वागत बिदाई गर्ने गर्दछ ।

बिज्ञापन

कार्यक्रममा सिबिए अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्माले चुस्त दुरुस्त सेवा प्रवाहको लागि कर्मचारीहरुका अभिभावक प्रमुख जिल्ला अधिकारीले खटाएको र लगाएको काममा बिना कुनै शर्त हरदम लाग्ने प्रतिवद्धताका साथै लगाउन विशेष अनुरोध गरेका थिए । कार्यक्रम जिल्लामा क्रियाशिल ट्रेड युनियनका जिल्ला अध्यक्षहरु, पदाधिकारी, सिबिएका पदाधिकारी, संगठनका केन्द्रीय सदस्य दिलिप के।सी। लगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा जिल्ला समन्वय अधिकारी ऋषिराम भुसालको पनि स्वागत गरेका थिए ।

बिज्ञापन

कार्यक्रम प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीको प्रमुख अतिथ्यता, सिबिए अध्यक्ष कृष्ण वर्माको अध्यक्षता र सचिव दुर्गा बहादुर वि.क.को संचालनमा सम्पन्न भएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थमन्त्री पौडेलका प्रिय सहसचिव : स्वार्थको द्धन्द हुने गरी पाँच संस्थामा जिम्मेवारी

तीर्थराज चिलुवाल राजश्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त

प्रचण्ड भन्दा ओलीको सचिवालयको खर्च २ करोडले कम

अब पूर्व योग्यता परीक्षा पास गरेपछि मात्र खरिदारको परीक्षा दिन पाइने

रन्जिताले दिइनन् स्पष्टीकरण

नेपाल इन्भेष्टमेन्टबैंकविरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा,१५ संघ-संस्थाको एक्येवद्धता

ओरिएन्टेशन तालिम प्रदायक १८ संस्थालाई वैदेशिक रोजगार विभागको स्पष्टीकरण

अनसनमा बसेका मेयरसँग छलफल गर्न सहसचिव नेतृत्वको सरकारी टोली पुग्यो माइतीघर

बिशेष