‘सहज सेवा प्रवाह हाम्रो प्रमुख दायित्व’ :- प्रजिअ खत्री

सहज सार्वजनिक सेवा प्रवाह कर्मचारीहरुको प्रमुख र पहिलो दायित्व भएको अर्घाखाँचीका नयाँ प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले बताए ।
गृह मन्त्रालयले चैत्र ०६ गते गरेको सरुवामा अर्घाखाँची पदस्थापन भएका प्रजिअको एक कार्यक्रमबीच निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समितिले स्वागत गरेको हो । कार्यक्रममा प्रजिअ खत्रीले नीति, नियम, विधी र पद्दतीलाई शिरोधार्य गर्दै सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य रहेको भन्दै सेवा प्रवाहका शिलसिलामा निजामती कर्मचारीहरुलाई आई पर्ने समस्या र त्यसको निराकरण, समन्वयन र सहजीकरण गर्न आफू हरदम तयार रहेको बताएका थिए । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले कर्मचारीहरुको हकहितका साथै वकालत, सहजीकरण, समन्वय गर्नुका साथै जिल्लामा आउने नयाँ कर्मचारी र सरुवा भएर जाने कर्मचारीहरुको स्वागत बिदाई गर्ने गर्दछ ।

बिज्ञापन

कार्यक्रममा सिबिए अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्माले चुस्त दुरुस्त सेवा प्रवाहको लागि कर्मचारीहरुका अभिभावक प्रमुख जिल्ला अधिकारीले खटाएको र लगाएको काममा बिना कुनै शर्त हरदम लाग्ने प्रतिवद्धताका साथै लगाउन विशेष अनुरोध गरेका थिए । कार्यक्रम जिल्लामा क्रियाशिल ट्रेड युनियनका जिल्ला अध्यक्षहरु, पदाधिकारी, सिबिएका पदाधिकारी, संगठनका केन्द्रीय सदस्य दिलिप के।सी। लगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा जिल्ला समन्वय अधिकारी ऋषिराम भुसालको पनि स्वागत गरेका थिए ।

बिज्ञापन

कार्यक्रम प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीको प्रमुख अतिथ्यता, सिबिए अध्यक्ष कृष्ण वर्माको अध्यक्षता र सचिव दुर्गा बहादुर वि.क.को संचालनमा सम्पन्न भएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भन्सारमा दोह्राएर महानिर्देशक बने भुसाल

भ्रष्टाचार मुद्धा चलेको १३ महिनापछि ८ कर्मचारीले पाए सफाइ

सरकारले ट्रेड युनियन खारेज गर्ने मनशाय राखेको छैनः मन्त्री यादव

सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप

भन्सार विभागको महानिर्देशकमा यमलाल, आन्तरिकमा डाक्टर भीष्म

आठ कर्मचारी संगठनलाई मन्त्रालयको तीन दिने अल्टिमेटम

भागदौडको ट्रेलर सार्वजनिक

गृह वा अर्थ ताकेका सचिवको मधेश प्रदेशमा सरुवा

बिशेष