रसुवामा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला निषेध

रसुवा : काठमाडौं उपत्यका लगायत देशव्यापी रूपमा भईरहेको जेन–जी आन्दोलन र रसुवा कारागारबाट कैदीबन्दी फरार भएको अवस्थालाई मध्यनजर गर्दै रसुवामा निषेधाज्ञा जारी गरिएको छ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय, रसुवाले जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा मिति २०८२ भदौ २७ गते बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू हुने जानकारी गराएको हो।

बिज्ञापन

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम जारी गरिएको आदेशअनुसार निषेधाज्ञा अवधिभर ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न पूर्णतः निषेध गरिएको छ।

यस्तै, निषेधाज्ञा लागू भएको समयमा अत्यावश्यक सेवाका सवारी साधन, सरकारी सवारी, बिरामी बोकेका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका सवारी साधन, पर्यटकीय सवारी, मानव अधिकार आयोग र कूटनीतिक नियोगका सवारी साधन, हवाई टिकट देखाएर यात्रामा निस्किएका व्यक्तिलाई मात्र आवागमनमा सहजीकरण हुने जनाइएको छ।

बिज्ञापन

अन्य सबै निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइने आदेशमा उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जारी गरेको विज्ञप्तिमा आदेश उल्लङ्घन गर्ने वा पालना गराउने कार्यमा अवरोध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याइने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष