‘जेनजी’ आन्दोलन झन् उग्र बन्दै गएको छ । सोमबार र मंगलबार देशभर भएका विरोध प्रदर्शनको लहरमा काठमाडौंको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पनि आगजनी भएको छ ।
बिज्ञापन
प्रदर्शनकारीले सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला अदालत, शीतल निवासलगायतका संरचना तोडफोड र आगजनी गरेपछि अख्तियार कार्यालय समेत आक्रमणको लक्ष्य बनेको हो।
बिज्ञापन
दुई दिनमै २० भन्दा बढी युवाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्। परिस्थिती नियन्त्रण बाहिर जाँदै गएपछि राजनीतिक दबाब बढेको थियो।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। राजीनामापछि सरकारको नेतृत्व अस्थिर बनेको छ भने आन्दोलन अझ फैलिन सक्ने आकलन गरिएको छ।



































