हट्यो सामाजिक सञ्जालमाथिको प्रतिवन्ध

सरकारले सामाजिक सञ्जालमाथिको प्रतिवन्ध हटाएको छ ।

बिज्ञापन

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय भएको हो । जेन–जी भनिने नयाँ युवा पुस्ताले गरेको आन्दोलनको दबाबका कारण सरकार सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन बाध्य भएको छ । हिजो बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

बिज्ञापन

यससँगै सरकारले बन्द गरेका फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालहरु सञ्चालनमा आउन थालेका छन् । सूचीकरण नभएको भन्दै सरकारले गएको बिहीबारदेखि यी सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय बनाएको थियो ।

फेसबुकसहितका सामाजिक सञ्जाल बन्द हुँदा अनलाइन व्यापार, व्यवसायदेखि विद्यार्थीहरूको पढाइ, विदेशमा रहेका आफन्तसँगको कुराकानी र सूचना आदानप्रदानमा समस्या भएको थियो । सामाजिक सञ्जालमाथि लगाइएको रोक, बेथिति र अव्यवस्थाको बिरोधमा युवा पुस्ताले प्रदर्शन गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष