सेनाले सबै गेट बन्द गरेपछि सिंहदबारभित्रै अड्किए कर्मचारी

सिंहदरबारमा कार्यरत कर्मचारी सबै सिंहदरबारभित्रै थुनिएका छन् । सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक प्रदर्शनमा उत्रिएका छन् । जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन् ।

बिज्ञापन

प्रर्दशन अराजक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुरुमा वानेश्वर क्षेत्रमा मात्र कर्फ्यू लगाएको थियो । दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेकोमा प्रशासनले राष्ट्रपति कार्यालय शितलनिवास, उपराष्ट्रपति कार्यालय हरित गृह, नारायणहिटी दरबार सङ्ग्रहालय र सिंहदरबार क्षेत्रलाई समेटेर नयाँ आदेश जारी गरेको छ ।

बिज्ञापन

प्रमुख जिल्ला अधिकारीबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम जारी भएको आदेशअनुसार, काठमाडौँ महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमानाभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, वा घेराउ गर्न पाउने छैन भन्दै आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म र सिंहदरबार क्षेत्रमा पनि भद्रकाली मन्दिरको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म,यस्तै पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्त्व विभागको चोकसम्म निषेधाज्ञा जारी गरेको छ ।

बिज्ञापन

सोही कर्फ्युका कारण सिंहदरबारभित्रै परेका थिए कर्मचारीहरु । नेपाली सेनाले सिंहदरबारका सबै गेट थुनेपछि कर्मचारीहरु सिंहदबारभित्रै परेका थिए ।कार्यालय समय ५ बजेसम्म भए पनि नेपाली सेनाले ६ बजेसम्म सिंहदबार प्रवेश गर्ने र निस्कने गेट बन्द गरेको थियो । सोही कारण झण्डै एक घण्टा सिंहदरबारमा कार्यरत कर्मचारीहरु त्यतै थुनिएका थिए ।

अहिले प्रर्दशनकारीहरुलाई भृकुटीमण्डपतिर पठाएर सिंहदरबारका कर्मचारीहरुलाई निकाल्न थालिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काम नगर्ने ठेकेदारमाथि सरकारको कडा कारबाही : देशभर १९७ रुग्ण ठेक्का एकैचोटि तोडियो

बालेनकै मान्छे माग्न थाले गृहमन्त्रीको राजीनामा, ईको काउन्टर – ‘सारथि फेरिए प्रधानमन्त्री पनि फेरिन्छ’

चालु आर्थिक बर्षको तीन महिनामै तीन सचिवले दिए राजीनामा

काम नगर्ने ठेकेदारलाई सडक डिभिजन काठमाडौको कडा जवाफ — ‘अब सुधार नभए ठेक्का समाप्त

म्यान्डेट बिर्सिएर अर्थहीन काममा अल्झिरहेछ सुशीला सरकार

डिजिटल नापीको युग : प्राविधिक दक्षता, पारदर्शिता र नागरिक सुविधा तर्फको अग्रसरता

अब को होला २९ औं मुख्य सचिव ?

सिंहदरबारभित्रै ६७० सवारी खरानी,कौडीको भाउमा बेच्ने तयारी

बिशेष