काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृतहरूको सरुवा गरेको छ। आइतबार राति सार्वजनिक भएको निर्णयअनुसार १७ जना प्रमाख र २८ जना शाखा अधिकृत तथा सोसरहका कर्मचारीको जिम्मेवारी हेरफेर भएको हो।
बिज्ञापन
बिज्ञापन
मन्त्रालयले विभिन्न गाउँपालिकामा कार्यरत प्रमाखहरूको सरुवा गरी अन्य निकायमा कार्यरत शाखा अधिकृतलाई नयाँ प्रमाखको जिम्मेवारी दिएको छ। सरुवामा प्रशासन सेवाका अधिकृतसँगै एक जना शिक्षा अधिकृत र दुई जना इन्जिनियर पनि परेका छन्।
बिज्ञापन
मन्त्रालयका अनुसार स्थानीय तहमा प्रशासनिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सरुवा गरिएको हो।