सरकारले सूचीकृत नभएका विभिन्न सामाजिक सञ्जालहरु बन्द गर्ने भएको छ । हालसम्म दर्ता भएका पाँच बाहेकका फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालहरु बन्देज लगाउने भएको हो ।
बिज्ञापन
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा अहिले भर्खरै सम्पन्न बैठकले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ । पछिल्लोपटक गत ९ भदौंमा बसेको मन्त्रिपरिषद्को बैठकले सूचीकरणका लागि सात दिनको म्याद दिएको थियो।
बिज्ञापन
९ भदौंमा बसेको क्याविनेटले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०’ र सर्वाच्च अदालतको आदेशअनुसार यस्तो निर्णय गरेको भए पनि सामाजिक सञ्जालहरु दर्ता हुन नआएका कारण ती प्लेटफर्म बन्द गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
समयसीमाभित्र सूचीकरण हुन नआउने वा त्यसका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय सरकारले गरेको थियो । उक्त अवधि गएराति १२ बजे नै सकिएको छ।
अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ लगायतका पाँच वटा सामाजिक सञ्जाल मात्रै सूचीकृत भएका छन् । त्यसबाहेकका अरू सबै सामाजिक सञ्जाल बन्द गर्ने मन्त्रालयले निर्णय गरेको छ ।
दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न दूरसंचार प्राधिकरणलाई निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।