सूचीकृत नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

सरकारले सूचीकृत नभएका विभिन्न सामाजिक सञ्जालहरु बन्द गर्ने भएको छ । हालसम्म दर्ता भएका पाँच बाहेकका फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालहरु बन्देज लगाउने भएको हो ।

बिज्ञापन

 सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा अहिले भर्खरै सम्पन्न बैठकले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ । पछिल्लोपटक गत ९ भदौंमा बसेको मन्त्रिपरिषद्को बैठकले सूचीकरणका लागि सात दिनको म्याद दिएको थियो।

बिज्ञापन

 

९ भदौंमा बसेको क्याविनेटले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०’ र सर्वाच्च अदालतको आदेशअनुसार यस्तो निर्णय गरेको भए पनि सामाजिक सञ्जालहरु दर्ता हुन नआएका कारण ती प्लेटफर्म बन्द गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

समयसीमाभित्र सूचीकरण हुन नआउने वा त्यसका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय सरकारले गरेको थियो । उक्त  अवधि गएराति १२ बजे नै सकिएको छ।

अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ लगायतका पाँच वटा सामाजिक सञ्जाल मात्रै सूचीकृत भएका छन् । त्यसबाहेकका अरू सबै सामाजिक सञ्जाल बन्द गर्ने मन्त्रालयले निर्णय गरेको छ ।

दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न दूरसंचार प्राधिकरणलाई निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष