अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार बिहान काभ्रे मालपोत कार्यालयमा छापा मारेको छ। छापामार टोलीले मुद्दा फाँटका नासु ज्ञानेन्द्र भण्डारीलाई दुई लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।
बिज्ञापन
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टोली काभ्रे पुगेर प्रारम्भिक कार्यवाही अघि बढाएको छ। थप विवरण भने टोली काठमाडौं फर्किएपछि मात्रै उपलब्ध गराइने उनले बताए।
बिज्ञापन
अख्तियारले भण्डारीविरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको र प्रारम्भिक प्रमाण संकलन भइरहेकाे जानकारी दिएको छ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























