निजामती कर्मचारीलाई कार्यालय समय बाहिर लोकसेवा तयारी कक्षा पढाउन अनुमति

संघीय निजामती सेवा विधेयकमा अब निजामती कर्मचारीले कार्यालय समय बाहिर लोकसेवा तयारीको कक्षा पढाउन पाउने व्यवस्था गरिएको छ।

बिज्ञापन

मंगलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले प्रतिनिधि सभाले अघि सारेको अडान उल्ट्याउँदै यस्तो व्यवस्था समावेश गरेको हो। प्रतिनिधिसभाले यसअघि कर्मचारीलाई पढाउन नपाउने प्रावधान राखेको थियो।

बिज्ञापन

छलफलका क्रममा सांसदहरूले कर्मचारीलाई अतिरिक्त श्रम गरेर आम्दानी गर्नबाट रोक्नु अनुचित हुने तर्क प्रस्तुत गरेका थिए। माओवादी केन्द्रका सांसद तारामान स्वारले “श्रम गर्ने अवसरलाई बन्देज लगाउनु हुँदैन, कार्यालय समय बाहिर र काममा बाधा नपर्ने गरी अन्य कार्य गर्न पाउनुपर्छ” भनेका थिए।

यस्तै सांसद सुरेश आलेमगर, राधेश्याम पासवान लगायतले पनि कर्मचारीलाई लोकसेवा तयारी कक्षा पढाउन रोक्ने खालको भाषा विधेयकमा राख्नु उपयुक्त नहुने धारणा राखे।

बिज्ञापन

सांसदहरूको सुझावपछि समितिकी सभापति तुलसीकुमारी दाहालले ‘कार्यालय समय बाहिर पढाउन पाउने गरी व्यवस्था राखौं’ भन्ने प्रस्ताव अघि सारिन्, जसलाई समितिले सर्वसम्मत समर्थन गरेको हो।

यससँगै निजामती कर्मचारीले अब आफ्ना नियमित जिम्मेवारीलाई असर नपर्ने गरी कार्यालय समय बाहिर लोकसेवा तयारीको कक्षा पढाउन सक्ने भएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करारका कर्मचारी नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

पूर्वसहसचिव कार्कीमाथि ठगी आरोप, थप ८ दिनको हिरासत अनुमति

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

बिशेष