निजामती विद्येयकको गाँठो फुक्यो,कर्मचारीको अवकाश उमेर अब तीन चरणमा

अन्तत निजामती सेवा विद्येयकको गाँठो फुकेको छ । कर्मचारीको अवकाश उमेर तीन चरणमा राख्ने सहमति जुटेसँगै निजामती विद्येयकमा केही दिनदेखि शुरु भएको किचलो सल्टिएको हो ।

बिज्ञापन

निजामती विद्येयकको दफा ५८ मा रहेको अवकाशको उमेर हदको बिषयमा सरकारको तर्फबाट नयाँ प्रस्ताव गरिएसँगै निजामती सेवा विद्येयकमा किचलो शुरु भएको थियो ।

बिज्ञापन

निजामती सेवा विद्येयकको दफा ५९ मा कर्मचारीको उमेर हदसम्बन्धी व्यवस्था राखिएको छ । प्रतिनिधि सभाबाट पारित भएर आएको व्यवस्थालाई जस्ताको तस्तै सर्वसहमतमा पारित गरेको थियो विद्यायन व्यवस्था समितिले । प्रतिनिधि सभाबाट पारित भएको उक्त प्रावधानमा ऐन जारी भएको बर्ष ५८ बर्षमा कर्मचारीहरु अवकाशमा जाने,अर्को बर्ष ५९ र अर्को बर्षबाट उमेर हद ६० बनाउने प्रावधान राखिएको छ । समितिले निजामती विधेयकको दफा ५८ मा अनिवार्य अवकाशसम्बन्धी प्रतिनिधिसभाले गरेको व्यवस्था नै कायम रहने गरी सर्वसम्मत पारित गरेको थियो । तर मन्त्री न्यौपानेले अस्ति शुक्रबारको बैठकमा आफू उपस्थित नभएको भन्दै ऐन प्रारम्भ भएको वर्ष ५९ वर्ष अवकाशमा जाने व्यवस्था गर्नुपर्ने प्रस्ताव शनिबारको बैठकमा राखेसँगै किचलो शुरु भएको छ ।

 सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले निजामती सेवा विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५९ वर्षमा अवकाश हुने र अर्को बर्ष ६० वर्षको प्रावधान लागू गर्ने सरकारको नयाँ प्रस्ताव गरेको थियो । तर विपक्षीहरुले यस अघि सर्वसहमतले पास भइसकेको विद्येयक करेक्सन गर्न नमिल्ने अडान लिएका थिए । सोही अडानबाट सरकार व्याक भएसँगै संघीय निजामती सेवा विधेयकमा कर्मचारीको अवकाश सम्बन्धी व्यवस्थामा गाँठो फुकेको छ ।

बिज्ञापन

प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागू हुने प्रावधान पास गरेर पठाएको थियो । यसलाई सदर गरेर जाने निर्णय मन्त्री न्यौपानेको अभिव्यक्तिसँगै निजामती विधेयकमा परेको गाँठो फुकेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

भेरी अस्पतालको अनुगमन: उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने मन्त्रीको प्रतिवद्धता

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

भन्सार मौन, राजनीति लम्पसार: मालपानीहरूले चलाएको अर्ब–खर्बको खेल

नवलपरासी प्रशासनले रोक्यो रवि लामिछानेको चुनावी कार्यक्रम

बिशेष