राष्ट्रिय सभामा ‘फाइनल घडी’: भोलिसम्म संघीय निजामती सेवा विधेयक पास गर्ने तयारी

काठमाडौँ । संघीय निजामती सेवा विधेयक पास गर्ने विषयमा राष्ट्रिय सभाभित्र अन्तिम घडी नजिकिँदैछ । सोमबार बिहान साढे ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म बसेको विधायन व्यवस्थापन समितिको बैठकमा छलफल भए पनि सहमति जुट्न सकेन ।

बिज्ञापन

बैठकपछि समितिकी सभापति तुलसा कुमारी दाहालले भोलिसम्म विधेयक पारित गर्ने प्रतिवद्धता जनाइन् । उनले भनिन्, “आज कुरा नमिले पनि भोलि बिहान ९ बजे बस्ने बैठकमार्फत विधेयक पारित गर्नेछौं ।”

बिज्ञापन

यो विधेयक यसअघि प्रतिनिधि सभाबाट पारित भएर १५ असारमा राष्ट्रिय सभामा पुगेको थियो । संविधानको धारा १११ को उपधारा ५ अनुसार राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट प्राप्त विधेयक दुई महिनाभित्र पारित गर्न वा सुझावसहित फिर्ता पठाउनुपर्ने व्यवस्था छ ।

नियत समयसीमा भोलि सकिँदैछ । यदि राष्ट्रिय सभाले भोलिसम्म विधेयक पारित नगरे वा फिर्ता नगरे प्रतिनिधि सभाले नै निर्णय गरेर विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउन सक्ने संवैधानिक व्यवस्था छ ।

बिज्ञापन

यसर्थ, राष्ट्रिय सभाभित्रको भोलिको बैठक संघीय निजामती सेवा विधेयक पारित गर्ने निर्णायक अवसर मानिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष