राष्ट्रिय सभामा ‘फाइनल घडी’: भोलिसम्म संघीय निजामती सेवा विधेयक पास गर्ने तयारी

काठमाडौँ । संघीय निजामती सेवा विधेयक पास गर्ने विषयमा राष्ट्रिय सभाभित्र अन्तिम घडी नजिकिँदैछ । सोमबार बिहान साढे ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म बसेको विधायन व्यवस्थापन समितिको बैठकमा छलफल भए पनि सहमति जुट्न सकेन ।

बिज्ञापन

बैठकपछि समितिकी सभापति तुलसा कुमारी दाहालले भोलिसम्म विधेयक पारित गर्ने प्रतिवद्धता जनाइन् । उनले भनिन्, “आज कुरा नमिले पनि भोलि बिहान ९ बजे बस्ने बैठकमार्फत विधेयक पारित गर्नेछौं ।”

बिज्ञापन

यो विधेयक यसअघि प्रतिनिधि सभाबाट पारित भएर १५ असारमा राष्ट्रिय सभामा पुगेको थियो । संविधानको धारा १११ को उपधारा ५ अनुसार राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट प्राप्त विधेयक दुई महिनाभित्र पारित गर्न वा सुझावसहित फिर्ता पठाउनुपर्ने व्यवस्था छ ।

नियत समयसीमा भोलि सकिँदैछ । यदि राष्ट्रिय सभाले भोलिसम्म विधेयक पारित नगरे वा फिर्ता नगरे प्रतिनिधि सभाले नै निर्णय गरेर विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउन सक्ने संवैधानिक व्यवस्था छ ।

बिज्ञापन

यसर्थ, राष्ट्रिय सभाभित्रको भोलिको बैठक संघीय निजामती सेवा विधेयक पारित गर्ने निर्णायक अवसर मानिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय निजामती सेवा ऐन : अवकाश उमेर ५९ वर्ष बनाउँदा पदपूर्ति एक वर्ष अवरुद्ध हुने चेतावनी

स्याफ्रुवेशी–रसुवागढी सडक टिमुरेसम्म सञ्चालन, पूर्ण सुचारु गर्न अझै १० दिन लाग्ने

राष्ट्रिय सभामा ‘फाइनल घडी’: भोलिसम्म संघीय निजामती सेवा विधेयक पास गर्ने तयारी

विभिन्न मन्त्रालयमा अधिकृतस्तरका १७६ दरबन्दी स्वीकृत

निजामती विधेयकको दफा ५८ मा किचलो,प्रस्ताव अस्वीकृत भएपछि बैंठक छाडेर हिडिन मन्त्री

प्रतिनिधि सभाले पारित गरेको यी व्यवस्था राष्ट्रिय सभाको समितिले उल्टायो

सचिवको विदाइमा पाँच तारे होटलमा रात्रीभोज

सार्वजनिक स्थानमै सुर्तिजन्य पदार्थ सेवन प्रतिबन्ध, तर सिंहदरबारमै नियम उल्लंघन

बिशेष