विभिन्न मन्त्रालयमा अधिकृतस्तरका १७६ दरबन्दी स्वीकृत

काठमाडौँ । विभिन्न मन्त्रालय र निकायमा आवश्यक जनशक्ति थप गर्न सरकारले १७६ अधिकृतस्तरका दरबन्दी स्वीकृत गरेको छ।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भदौ १३ गते बसेको मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि यी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।

बिज्ञापन

बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई मात्रै ५८ दरबन्दी दिने निर्णय गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि ८७ पद स्वीकृत गरिएको छ।

बिज्ञापन

त्यस्तै, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतका निकाय—राष्ट्रिय युवा परिषद्, फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति र राष्ट्रिय एन्टीडोपिङ एजेन्सीमा २१ दरबन्दी थप्ने निर्णय गरिएको हो।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पुरातत्व विभागमार्फत सञ्चालित भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमलाई १० अस्थायी दरबन्दी स्वीकृत गरिएको छ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरेका हुन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

भेरी अस्पतालको अनुगमन: उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने मन्त्रीको प्रतिवद्धता

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

भन्सार मौन, राजनीति लम्पसार: मालपानीहरूले चलाएको अर्ब–खर्बको खेल

बिशेष