निजामती विधेयकको दफा ५८ मा किचलो,प्रस्ताव अस्वीकृत भएपछि बैंठक छाडेर हिडिन मन्त्री

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने बैठक छाडेर हिडेकी छिन् । राष्ट्रिय सभा अन्तर्गतको विद्यायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विद्येयक उपर छलफल चलिरहँदा मन्त्री न्यौपाने बैठक छाडेर हिडेकी हुन । निजामती सेवा विद्येयकको दफा ५९ मा कर्मचारीको उमेर हदसम्बन्धी व्यवस्था राखिएको छ । प्रतिनिधि सभाबाट पारित भएर आएको व्यवस्थालाई जस्ताको तस्तै सर्वसहमतमा पारित गरेको थियो विद्यायन व्यवस्था समितिले । प्रतिनिधि सभाबाट पारित भएको उक्त प्रावधानमा ऐन जारी भएको बर्ष ५८ बर्षमा कर्मचारीहरु अवकाशमा जाने,अर्काे बर्ष ५९ र अर्काे बर्षबाट उमेर हद ६० बनाउने प्रावधान राखिएको छ ।

बिज्ञापन

समितिले निजामती विधेयकको दफा ५८ मा अनिवार्य अवकाशसम्बन्धी प्रतिनिधिसभाले गरेको व्यवस्था नै कायम रहने गरी सर्वसम्मत पारित गरेको थियो । तर मन्त्री न्यौपानेले अस्ति शुक्रबारको बैठकमा आफू उपस्थित नभएको भन्दै ऐन प्रारम्भ भएको वर्ष ५९ वर्ष अवकाशमा जाने व्यवस्था गर्नुपर्ने प्रस्ताव शनिबारको बैठकमा राखेसँगै किचलो शुरु भएको छ ।

बिज्ञापन

 मन्त्रीले कर्मचारीको उमेर हद ५९ बर्ष बनाउनु पर्ने प्रस्ताव राखे पनि प्रतिपक्षी दलका सांसदहरु सहमत नभए पछि मन्त्री न्यौपाने बैठक छोडेर हिडेकी हुन । आफ्नो प्रस्ताव पास हुने अवस्था नदेखेपछि राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समिति बैठक छोडेर हिँडेकी छन् ।

अनिवार्य अवकाशबारे सत्तारुढ र प्रतिपक्षी दलहरू दुईतर्फ लागेपछि मन्त्री न्यौपानेले समय मागेर हिडेकी हुन । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले निजामती सेवा विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५९ वर्षमा अवकाश हुने र अर्को बर्ष ६० वर्षको प्राबधान लागू गर्ने सरकारको नयाँ प्रस्तावमा समर्थन जनाएका छन् । तर प्रतिपक्षी दल माओवादी र समाजवादीले यस अघि नै निर्णय भइसकेको र भइसकेको निर्णय उल्ट्याउन नसकिने अडान लिएका छन् । प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागू हुने प्रावधान पास गरेर पठाएको छ ।

बिज्ञापन

मन्त्री न्यौपानेले आइतबारको समिति बैठकमा विधेयक ऐनमा रुपान्तरित भएको ५९ वर्षमा अवकाश हुने प्रावधान लागु गर्ने प्रस्ताव राखेकी थिइन् । मन्त्रीको प्रस्ताव मान्न प्रतिपक्षी सांसदहरु तयार छैनन् ।

भदौ १७ गतेभित्रै राष्ट्रियसभाबाट विधेयक पारित गर्नुपर्ने दबाबमा राष्ट्रियसभा छ । तर समितिका सदस्य,कर्मचारी र मन्त्रीहरु नै तीन तिर हुँदा विद्येयक पारित गर्ने बिषयमा अनेकन शंका हुन थालेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय निजामती सेवा ऐन : अवकाश उमेर ५९ वर्ष बनाउँदा पदपूर्ति एक वर्ष अवरुद्ध हुने चेतावनी

स्याफ्रुवेशी–रसुवागढी सडक टिमुरेसम्म सञ्चालन, पूर्ण सुचारु गर्न अझै १० दिन लाग्ने

राष्ट्रिय सभामा ‘फाइनल घडी’: भोलिसम्म संघीय निजामती सेवा विधेयक पास गर्ने तयारी

विभिन्न मन्त्रालयमा अधिकृतस्तरका १७६ दरबन्दी स्वीकृत

निजामती विधेयकको दफा ५८ मा किचलो,प्रस्ताव अस्वीकृत भएपछि बैंठक छाडेर हिडिन मन्त्री

प्रतिनिधि सभाले पारित गरेको यी व्यवस्था राष्ट्रिय सभाको समितिले उल्टायो

सचिवको विदाइमा पाँच तारे होटलमा रात्रीभोज

सार्वजनिक स्थानमै सुर्तिजन्य पदार्थ सेवन प्रतिबन्ध, तर सिंहदरबारमै नियम उल्लंघन

बिशेष