सचिवको विदाइमा पाँच तारे होटलमा रात्रीभोज

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले सरकारी सेवाबाट अनिवार्य अवकाश लिएका छन् ।

बिज्ञापन

५८ बर्ष उमेर हद लागेर आइतबारबाट उनी अनिवार्य अवकाशमा गएका हुन । झण्डै साढे तीन दशक लामो सरकारी सेवा जीवन पूरा गरी आचार्य अनिवार्य अवकाशमा गएसँगै मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीले दोसल्ला र कदरपत्रसहित सम्मानपूर्वक विदाई गरेका थिए ।
एरोनोटिकल इञ्जिनियर समेत रहेका आचार्यले जागिरे जीवनमा सहरी विकास मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, खानेपानी मन्त्रालय, जल तथा ऊर्जा आयोगको सचिवालय जस्ता निकायमा बसेर सचिवको भूमिकामा काम गरे। उनी ०८१ असोज ६ देखि ऊर्जामन्त्रालयमा सचिवको रुपमा जिम्मेवारी सम्हालेका थिए । बर्ष दिन उर्जा मन्त्रालयमा काम गरेर अनिवार्य अवकाशमा गएका आचार्यको बिदाईमा हिजै साँझ रात्रीभोजको समेत आयोजना गरिएको थियो त्यो पनि पाँच तारे होटलमा ।
यसरी सचिवको विदाइमा पाँच तारे होटलमा कार्यक्रम राखिएको उदाहरण कमै भेटिन्छन् । हिजो आयोजित कक्टेल डिनरसहित रात्रिभोज कार्यक्रम राखिएको थियो सोल्टी होटलमा ।
उक्त कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्का, सचिव सरिता दवाडी, मन्त्रालयका सहसचिवहरु चिरञ्जीवी जटौत, सुनील पौडेल, जल तथा ऊर्जा आयोगका सहसचिव सन्दीपकुमार देव, विद्युत विकास विभागका महानिर्देशक जिवछ मण्डल, उपमहानिर्देशकहरू मनदेवी श्रेष्ठ, गोकर्णराज पन्थ, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रजेश थापा, विद्युत उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाहीलगायतको सहभागिता थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

भेरी अस्पतालको अनुगमन: उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने मन्त्रीको प्रतिवद्धता

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

भन्सार मौन, राजनीति लम्पसार: मालपानीहरूले चलाएको अर्ब–खर्बको खेल

बिशेष