निजामती विधेयक आजै राष्ट्रियसभामा पेस गर्ने तयारी

संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन आज राष्ट्रिय सभामा पेस हुने भएको छ। अपराह्न सवा तीन बजे बस्ने बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिवेदन पेश गर्ने कार्यसूची तय गरिएको छ।

बिज्ञापन

समितिले आज बिहान पुनः बैठक बसेर बाँकी विषय टुंग्याउने र प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेको सभापति दाहालले जानकारी दिइन्।

बिज्ञापन

यसअघि आइतबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले ५९ वर्ष उमेर पूरा गर्ने निजामती कर्मचारीलाई सो उमेर पुग्ने बित्तिकै अवकाश दिने प्रावधान समावेश गर्न आग्रह गरेकी थिइन्। तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सदस्यहरूले प्रतिनिधि सभाबाट पारित संशोधनमै अडिग रहनुपर्ने धारणा राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो।

त्यसपछि असहमति टुंग्याउन सोमबार बिहान पुनः बैठक बोलाइएपछि प्रतिवेदन पेस गर्ने बाटो खुलेको हो।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष