पशुपति बिकास कोषमा वर्षौँदेखि दैनिक ज्यालादारीमा सेवा गर्ने कर्मचारीमाथि चरम बिभेद

पशुपति क्षेत्र विकास कोषमा दैनिक ज्यालादारीमा विगत ६ वर्षदेखि कार्यरत करिब ६० जना कर्मचारीहरू आफ्नो अटुट सेवाका बाबजुद चरम बिभेदको सामना गरिरहेका छन्। करार सेवामा सयौँ कर्मचारी राखिएका भए पनि लामो समयदेखि काम गरिरहेका ज्यालादारी कर्मचारीलाई करारमा लिने पहल हुन सकेको छैन।

बिज्ञापन

 

बिज्ञापन

कर्मचारीहरूले भन्छन्, “हामीलाई दशैं, तिहारजस्ता ठूला पर्वमा समेत बिदा दिइँदैन। हप्तामा एक दिन पनि बिदा छैन। महँगी भत्ता, उपचार तथा अन्य कुनै सुविधा पनि प्रदान गरिएको छैन।”

 

बिज्ञापन

पशुपति कोषमा भ्रष्टाचारका कारण स्थायी तथा अस्थायी कर्मचारीहरू निलम्बित रहँदा कार्यालय सञ्चालनको जिम्मेवारी ज्यालादारी कर्मचारीहरूले मात्र सम्हालेका छन्। उनीहरू उही काम, उही जिम्मेवारी निभाउँदै आएका भए पनि समान सेवा र सुविधा पाउने हकबाट वञ्चित छन्।

 

विशेषज्ञ र कर्मचारीको ध्यानाकर्षणअनुसार, यस प्रकारको बिभेद न्यायसंगत नभई अन्यायपूर्ण छ। उनीहरूले नेपाल सरकार, पर्यटन मन्त्रालय र पशुपति कोषलाई तत्काल यसको समाधानको लागि ध्यानाकर्षण गर्न आग्रह गरेका छन्।

 

पशुपति कोषका कर्मचारी तथा सामाजिक अधिकारकर्मीहरूले भने, “उही काम र सेवा गरेपछि समान सुविधा नदिनु अत्याचारकै रूप हो। सरकार र मन्त्रालयले यस विषयमा तत्काल कदम उठाउनु आवश्यक छ।”

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष