रसुवामा आइपिपी कार्यान्वयनबारे अन्तरक्रिया:- समुदायलाई पारदर्शिता र समान विकासको आश्वासन

रसुवा । माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) जलविद्युत् आयोजनाअन्तर्गतको स्वतन्त्र अग्रीम र सुसूचित जानकारीसहितको मन्जुरी (एफपिक) र आदिवासी जनजाति योजना (आइपिपी) प्रभावकारी कार्यान्वयनका लागि रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुबेसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिज्ञापन

 

बिज्ञापन

गत भदौ ११ गते भएको कार्यक्रममा नवगठित आइपिपी गभर्निङ वोर्डका पदाधिकारी, स्थानीय सरकारका प्रतिनिधि, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला शाखा, नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनीका प्रतिनिधि तथा स्थानीय समाजसेवीहरू सहभागी रहेका थिए । अन्तरक्रियाको सहजीकरण महासंघका जिल्ला अध्यक्ष लाक्पा तामाङले गर्नुभएको थियो ।

 

बिज्ञापन

हालै पुनर्गठित आइपिपी गभर्निङ वोर्डको अध्यक्षमा थाङ्कु गाउँका मानबहादुर तामाङ निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा विजय तामाङ, उपाध्यक्षमा मिङमार तामाङ, महासचिवमा पासाङ मेन्दो तामाङ, सचिवमा सुब्बा तामाङ र कोषाध्यक्षमा फुलीमाया तामाङ चयन भएका छन् ।

 

अध्यक्ष मानबहादुर तामाङले कार्यक्रममा आफ्नो कार्यकालमा समुदायको हकहितको संरक्षण, पारदर्शिता र प्रभावकारी योजना कार्यान्वयनलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै आइपिपी कार्यान्वयनमा नवगठित टिमले विशेष भूमिका निर्वाह गर्ने र आयोजनाको निर्माण कार्यलाई सहज बनाउन स्थानीय तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो ।

 

उत्तरगया गाउँपालिका वडा नं १ का अध्यक्ष मारसिङ तामाङ, आमाछोदिङमो गाउँपालिका वडा नं १ का अध्यक्ष साङलामा तामाङ र वडा नं २ का अध्यक्ष लाक्पा कामी तामाङले आइपिपीले आदिवासी समुदायलाई राम्रो सहयोग पु¥याएको उल्लेख गर्दै आगामी दिनमा स्रोतहरूको प्रभावकारी र पारदर्शी व्यवस्थापन गरेर उदाहरणीय काम गर्नुपर्नेमा जोड दिनुभयो ।

 

माथिल्लो त्रिशूली–१ आयोजनाले सन् २०७५ कात्तिकमा आदिवासी तामाङ समुदायलाई भाषा, धर्म, संस्कृति, प्राकृतिक स्रोतको संरक्षण, ग्रामीण समुदायको विकासलगायतका उद्देश्यका लागि करिब १४ करोड रुपैयाँ दिने त्रिपक्षीय सहमति गरेको थियो । सो सहमतिअनुरूप हाल निर्देशिका तयार भई आइपिपी कार्यान्वयनको चरण सुरु भएको हो ।

रसुवाका १३ प्रभावित गाउँबाटै प्रतिनिधित्व हुने गरी गठित आइपिपी गभर्निङ वोर्ड परिचालनमा आइसकेको छ । उक्त वोर्डमार्फत स्रोतमा समान पहुँच र समावेशी विकास हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष