‘पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्स’को दसैंतिहार अफर घोषणा, ग्राहकलाई विशेष छूट

काठमाडौं। ‘पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्स’ले दसैंतिहार अफर सार्वजनिक गरेको छ। काठमाडौंको भेडासिंह चोक नजिकै रहेको पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्सले आउँदै गरेको दसैं तथा तिहारमा आफ्ना ग्राहकलाई विशेष छूट उपलब्ध गराउने उद्देश्यले कम्पनीले दसैंतिहार अफर घोषणा गरेको हो। सञ्चालकका अनुसार दसैं र तिहारको अवसरमा दौरा, सुरुवाल, कोट र टोपी खरिद तथा शर्टिङ सुर्टिङमा ३० प्रतिशतसम्म छूट उपलब्ध हुनेछ। साथै कुर्था, सुरुवाल, ज्वारी कोटमा २५ प्रतिशतसम्म छूट हुने कम्पनीले जानकारी दिएको छ। काठमाडौंको भेडासिंह चोकबाट परम्परागत नेपाली पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित यो ब्राण्डले आफ्नो इन्द्रचोकमा रहेको आउटलेटबाट पनि ग्राहकलाई छूट दिने भएको हो। दुइटै आउटलेटबाट ५ वटा सेट दौरा सुरुवाल खरिदमा १ सेट फ्री उपलब्ध गराउने पनि कम्पनीले जानकारी दिएको छ। साथै, परिवारका लागि सामूहिक खरिद गर्दा थप १ जोडी दौरा–सुरुवाल निःशुल्क दिने योजनासमेत ल्याइएको कम्पनीको भनाइ छ। कम्पनीको उक्त अफर यही भदौ २० गतेदेखि कार्तिक १५ गतेसम्म लागू हुनेछ।

बिज्ञापन

सञ्चालकका उक्त छूटको मुख्य उद्देश्य परम्परागत नेपाली संस्कृतिको संरक्षण र पर्वमा परिवारलाई एकै स्वरूपमा सजिन सहज बनाउने रहेको छ। विगत करिब २ दशकदेखि भेडासिंह चोकमै सञ्चालित आउटलेटबाट बच्चाको पास्नीका लुगा, फ्यामिलि सेटहरु, गुन्यू चोलो, बेहुला सेट, लेडिज सुटका साथै शर्टिङ सुर्टिङ वस्तु खरिदको सेवा लिन सकिन्छ। साथै सरकारी कर्मचारीको ड्रेस (सुट) एकदमै सस्तोमा उपलब्ध गराइने कम्पनीले बताएको छ। सीमित अवधिका लागि निजामित, सार्वजनिक संस्थानका कर्मचारीलगायतको ड्रेस (कोट, पाइन्ट, शर्ट, टाईसहितको सेट) ८ हजारमै उपलब्ध हुने कम्पनीको भनाइ छ। कम्पनीको फेसबुक पेज तथा सम्पर्क नम्बर, सोही नम्बरमा रहेको ह्वाट्सअप, भाइबरबाट समेत आफूलाई चाहिएको समान अर्डर गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद्को बैठक सुरु

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

बिशेष