हेमजा सडक खण्डमा कालोपत्रे विवाद : निर्माण नसक्दै बाटै छेक्ने खाल्डाे

पोखरा । मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको हेमजा सडक खण्ड (नयाँपुल नजिकै) कालोपत्रे विवादमा परेको छ । निर्माण कार्य पूरा नहुँदै सडक सतह खाल्डाखुल्डी भएर सवारी सञ्चालनमै समस्या देखिएको हो ।

बिज्ञापन

स्थानीयवासीका अनुसार ठेकेदारले निर्माण कार्य अधुरो छाडेर ‘कालोपत्रे’ गर्न थालेपछि सडक एकातिर खाल्डाे–उकै, अर्कोतिर असमान सतह बनेर यातायात जोखिमपूर्ण बनेको छ । “काम सकिँदैन, गुणस्तर छैन, खाल्डामै कालोपत्रे — यस्तो कस्तो मापदण्डको काम हो ?” भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

बिज्ञापन

यात्री तथा सवारी चालकहरूले पनि कालोपत्रे नाम मात्रको देखिएको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार वर्षा सुरु नहुँदै सडक सतह उखेलिन थालेको छ भने असावधानीपूर्वक छाडिएका खाल्डाहरूले दुर्घटना निम्त्याउने अवस्था बनेको छ ।

सडक विभाग र ठेकेदार कम्पनी दुवैको लापरबाहीका कारण गुणस्तरीय काम नहुँदा राज्यको करोडौँ रुपैयाँ खर्चको उचित उपयोग नहुने चिन्ता स्थानीयमा बढेको छ ।

बिज्ञापन

कालोपत्रे अघि आधारभूत मापदण्ड पुरा गर्नुपर्ने, गुणस्तरीय निर्माणको प्राविधिक परीक्षण गर्नुपर्ने, अधुरो काममै देखिएका त्रुटिहरू सच्याएर मात्र अन्तिम कालोपत्रे गर्ने माग स्थानीयको छ ।

अब सम्बन्धित निकायले तत्कालै निरीक्षण गरी कार्य सुधार नगरेसम्म हेमजा सडक खण्डमा दुर्घटना र जनआक्रोश बढ्ने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष