नापी अधिकृत सुग्रीव यादवविरुद्ध पाँच करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीका नापी अधिकृत सुग्रीव यादवविरुद्ध पाँच करोड ७९ लाख रुपैयाँभन्दा बढीको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

बिज्ञापन

आयोगका अनुसार यादवले २०५३ सालदेखि २०८१ साल असार १६ गतेसम्म सार्वजनिक पदमा रहेर वैध आयका स्रोतहरूबाट जम्मा करिब नौ करोड रुपैयाँ मात्र आर्जन गरेका भए पनि सोही अवधिमा करिब १४ करोड ८३ लाख रुपैयाँ बराबरको खर्च तथा लगानी गरेका देखिएका छन्। सोही आधारमा यादवले पाँच करोड ७९ लाख ६२ हजार रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर भएको हो।

बिज्ञापन

उनीमाथि दशकौँसम्म राजनीतिक पहुँच र विभागीय चलखेलमार्फत “निमित्त प्रमुख नापी अधिकृत”को पदमा रहँदै सार्वजनिक जग्गा व्यक्तिको नाममा पार्ने, प्लट मिलान गर्ने नाममा करौडौंको आर्थिक चलखेल गर्ने जस्ता आरोपसमेत रहेका छन्।

यादवको गैरकानूनी सम्पत्ति श्रीमती गायत्री यादव, छोराहरु सुधान्सु यादव र शुभम यादवका नाममा समेत खरिद भएको ठहर भएकाले उनीहरूलाई पनि प्रतिवादी बनाइ आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ। आयोगले सो सम्पत्ति जफत गरी बिगो असुल उपर गर्न मागदाबीसमेत गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष