६ सय बोरा चिनी गायब: गणपति र डीएसपी समेत मुख्यालय तानिए

रौतहटमा बरामद भएको ७०० बोरामध्ये ६ सयभन्दा बढी चिनी गायब भएको चर्चित प्रकरण थप पेचिलो बनेको छ। घटनामा नम्बर–११ गणका गणपति सन्तोष बस्नेत र सुरक्षा बेस सन्तपुरका डीएसपी राजेन्द्र बस्नेतलाई समेत सशस्त्र प्रहरी मुख्यालयले स्पष्टीकरणका लागि काठमाडौँ तानेको छ।

बिज्ञापन

मुख्यालय स्रोतका अनुसार उनीहरू घटनाबारे सुरुमै जानकार रहेपनि औपचारिक कार्यवाही नगरेको प्रमाण भेटिएपछि प्रक्रिया अघि बढाइएको हो। यसअघि गणपति बस्नेतलाई बाहिनी कार्यालयले ‘ध्यानाकर्षण’ मात्र गराएको थियो भने इन्स्पेक्टर गणेशकुमार बोहरा र दधिराम पौडेल चेतावनीमा टारिएका थिए।

बिज्ञापन

यसअघि नै घटनामा प्रत्यक्ष संलग्न ठहर गरिएका डीएसपी अमर लामालाई जिम्मेवारी खोसिएर आन्तरिक छानबिन अघि बढाइएको छ। लामा करिब चार महिनाअघि मात्रै रौतहट खटिएका थिए तर उनी बोर्डर आउट पोस्ट (बीओपी)मा कार्यरत रहँदा पनि विवादित बनेका थिए।

साउन २९ गते राति उपेन्द्र सहनीको शिवनगरस्थित घरमा डीएसपी लामाको नेतृत्वमा भएको छापामारीमा ७०० बोरा चिनी बरामद गरिएको थियो। तर भन्सारमा जम्मा १०६ बोरा मात्रै बुझाइएको रेकर्ड देखिएपछि ठुलो प्रश्न उठेको हो। भन्सार रेकर्डअनुसार सोसँगै ९ बोरा सिमेन्ट, १० बोरा मल र ९ बोरा सर्फ पनि बुझाइएको उल्लेख छ।

बिज्ञापन

चिनी गायब प्रकरणपछि १७ जना प्रहरीलाई बर्दिबासस्थित नम्बर–२ बाहिनी कार्यालयमा उपस्थित गराएर बयान लिइएको थियो। सो क्रममा इन्स्पेक्टर रामचन्द्र लागेजुलाई ‘नसियत’ दिइएको छ।

गायब चिनीबारे आन्तरिक छानबिन अझै जारी छ भने स्रोतका अनुसार उच्च तहसम्मको संलग्नता नखुल्दै नखुल्दासम्म प्रकरण अझ गहिरिन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष