काठमाडौँ । महालेखा नियन्त्रण कार्यालयले ३० जना कर्मचारीको सरुवा सूची सार्वजनिक गरेको छ। कार्यालयले आज १६ जना लेखा उपसचिव र १४ जना लेखा अधिकृतहरूको सरुवा सूची सार्वजनिक गरेको हो।
बिज्ञापन
बिज्ञापन
केही दिनअघि नै सरुवा प्रक्रिया सम्पन्न भए पनि कार्यालयले सूची गोप्य राखेको थियो। तर कर्मचारी प्रेसमार्फत् हिजो मात्रै यो विषय सार्वजनिक भएपछि आज महालेखाले आधिकारिक रूपमा नामावली सार्वजनिक गरेको हो।
बिज्ञापन
यसअघि पनि महालेखाले ठूलो संख्यामा कर्मचारीको सरुवा गुपचुपमा गरेको भन्दै आलोचना भएको थियो। पछिल्लो सूची सार्वजनिक भएपछि भने सरुवा प्रक्रियामा पारदर्शिता नदेखिएको भन्ने प्रश्न पुनः उठेको छ।