५० जना लेखापाल सरुवा, दबाबपछि मात्र सूची सार्वजनिक

महालेखा नियन्त्रण कार्यालयले ५० जना लेखापालहरूको सरुवा गरेको छ। कार्यालयले आज मात्रै सो सरुवाको सूची सार्वजनिक गरेको हो।

बिज्ञापन

 

बिज्ञापन

केही दिनअघि नै महालेखाले सो सरुवा गरिसकेको भए पनि औपचारिक रूपमा सार्वजनिक गरेको थिएन। यसअघि पनि महालेखाले करिब ३ सय हाराहारी कर्मचारीहरूको सरुवा गुपचुपमै राखेको भन्दै आलोचना भएको थियो।

तर, कर्मचारी प्रेसले हिजो मात्र समाचार सार्वजनिक गरेपछि महालेखाले दबाबका बीच आज सूची बाहिर ल्याएको हो। सरुवा प्रक्रियामा पारदर्शिता नदेखिएको भन्दै कर्मचारी वृत्तमा असन्तुष्टि बढ्दै गएको छ।

बिज्ञापन

कार्यालयले भने नियमित प्रक्रिया अनुसार सरुवा गरिएको दाबी गरेको छ। तर, कर्मचारीहरूले भने सार्वजनिक संस्थामा सरुवाजस्तो महत्वपूर्ण कार्य गुपचुपमा गर्नु गैरजिम्मेवार प्रवृत्ति भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादित सहसचिव आचार्यको महानिर्देशक बन्ने चलखेल, वैदेशिक रोजगार फेरि ‘सेटिङ’ को प्रयोगशाला बन्दै

रिक्त तीन विभागको महानिर्देशकमा क- कस्को सम्भवना ?

म डिभोर्सी हूँ!

भिजिट भिसा ‘सेटिङ’ धन्दा अझै जीवित : दुई अधिकृत हटाइए पनि मूल जालो यथावत्

आठ सिडिओ बाहिरिए, सात सहसचिव भित्रिए

प्रदेशबाट ११ सहसचिव सिंहदरबार भित्रिदा एक पुगे स्थानीय तह

संघीय मन्त्रालयबाट १८ सहसचिवलाई खटाइयो प्रदेशमा

६० सहसचिवको एकैपटक सरुवा, सिफारिस १५ बाट बढेर ६० पुग्दा प्रश्नै–प्रश्न

बिशेष