फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

काठमाडौं । राजधानीमा जारी नाडा अटो शोमा ‘नेपालमै पहिलो फ्लाइङ कार’ भनेर प्रचार गरिएको साधन वास्तवमा ठूलो आकारको ड्रोन मात्र भएको खुलेपछि विवाद चुलिएको छ ।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री केपी शर्मा ओली लाई आमन्त्रित गरी उक्त ‘फ्लाइङ कार’ को भव्य उद्घाटन गराइएको थियो । उद्घाटनका क्रममा प्रधानमन्त्रीले यसलाई नेपालमा प्रविधिको नयाँ उपलब्धि भन्दै प्रशंसा गर्नुभएको थियो । तर, पछि थाहा भएको वास्तविकता भने त्यो सडकमा गुड्न नसक्ने, करिब १५ मिनेट आकाशमा मात्र उड्न सक्ने ड्रोन भएको हो ।

बिज्ञापन

आयोजक र आयातकर्ताले ‘नेपालमै पहिलो फ्लाइङ कार’ भनेर ठूलो तामझामसहित प्रचार गरे पनि विशेषज्ञहरू भन्छन्— “यो कार नभई ड्रोन हो, जसलाई बिक्री गर्ने कानूनी प्रक्रिया पनि छैन।”

प्रधानमन्त्रीलाई समेत उभ्याएर गरिएको यस्तो प्रचारले प्रधानमन्त्रीको सचिवालय र सल्लाहकार टोलीले तथ्य जाँच नगरेको कमजोरी प्रष्ट्याएको टिप्पणी गरिएको छ । विज्ञहरूको भनाइमा, यसरी भ्रमपूर्ण शैलीमा गरिएको प्रचारले प्रधानमन्त्रीलाई समेत गुमराहमा पारेको र उनलाई प्रचारको खेलमा प्रयोग गरिएको देखिन्छ ।

बिज्ञापन

गाडी विज्ञहरूको भनाइमा, विश्वमा सडकमा गुड्ने र आकाशमा उड्ने दुवै क्षमता भएका वास्तविक फ्लाइङ कार निर्माण भइसकेको छ । तर, नेपालमा हालसम्म त्यस्ता कार आयात भएका छैनन् ।

उक्त ड्रोन चीनबाट ल्याइएको हो । नेपालमा चिनियाँ ब्रान्ड डिपल (Deepal) को आधिकारिक बिक्रेता चाङआन नेपाल ले यसलाई अटो शोमा प्रस्तुत गरेको हो ।

यस प्रकरणपछि नाडा अटो शोको विश्वसनीयतामात्र नभई, प्रधानमन्त्रीलाई समेत झुक्याएको छाप समाजमा फैलिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

बिशेष