प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

धनी धन थुपार्छ निरन्तर
लुटेर
धुतेर
र चुसेर
हामी गरिब /हामी परिश्रमी
लुटिन्छौ
धुतिन्छौ
र चुसिन्छौ पनि
हाम्रै पसिनाको आहालमा पौडदै
साहु महाजन हाम्रै ढाड सेकी
हामीलाई नै दास बनाउदा रहेछन ।
नाना, खाना र छाना भित्र
किन रुमलिन्छ जिन्दगी ?
भोक नलाग्नु पथ्र्याे
भोको पेटमा सारङ्गी बज्छ किन ?
जाडो नहुनु पथ्र्याे
नाङ्गो आङ्मा सिरेटोले हान्छ किन ?
बास नबस्नु पथ्र्यो
तुषारोले लछ्रप्पै भिजाउँछ किन ?
परिस्थितिले नराम्ररी चुट्यो सन्ते
आफ्नै देश भित्र
शरणार्थी बनाइएको छ
कर्मको फलमा भुलाएर
गरिबीलाई पूर्व जन्मको कमाई सम्झि
परम्परा देखि भ्रम पाल्दै
सामन्तहरुको जि हजुरी गर्न लगाइए छ ।
घरबारी साहुलाई सुम्पिएर
विदेशिनुको पीडा
बिर्सन कहाँ सकिन्छ  र शनी माया ?
आफ्नै देशको माटो बिरानो बनाई
सात समुद्र तर्ने रहर कसलाई होला र ?
भैरे
बिरानो मुलुक बाट सम्झन्छु
मेरो देश
देशको माटो के भै रहेछ ?
गाउँ पाखा पखेरा र चौतारीहरुमा
गीत गुञ्जदैनन होला अचेल
उदास होलान चौतारीहरु
चौतारीमा बटुवा नभए पछि
सानु माया
कसले पो गीत गाउँदो हो र ?
गोठालाहरुले गीत नगाए पछि
देशको माया हामीलाई मात्रै लाग्नु पर्ने
राष्ट्रियतालाई शिरमा राखी
देशभक्तिको गीत हामीले मात्रै गाउँनु पर्ने
गीत गाउँनु अन्यथा हैन भने
हामी किन हिरासत बस्नु पर्ने ?
जवाफ पाउँ महोदय
देशको माया अपराध हो र ?
लुटुनेहरु
लुटिरहेछन
धुत्नेहरु
धुतिरहेछन
देशको माया के थाहा तिनीहरुलाई ?
देश बलात्कृत भै सक्यो
तिनीहरु त लेण्डुप दोर्जे जस्तै छन ।
न सानीले गुन्यु फेर्न सकी
न ठुलेले बाँसुरी बजाउनै पायो
न कान्छीले पिङ खेल्नै पाई
सुरक्षाको नाममा
न आमाले सुरक्षित ओत नै पाइन
समय निर्लज्ज हाँसि रहयो
तिनीहरुको दुःखमा पनि ।
सामन्तहरु
हाँसि रहेछन खित्का छोडेर
रमाइ रहेछन  बुकर्सी मारेर
गरिबहरुको रगतमा होली खेल्दै
देशलाई बर्वाद पारी
देश लुटिरहेछन
देशद्रोही लुटाहाहरु ।
धनी र गरिब बिचको खाडल पुर्नु पर्ने
लैङ्गिक असमानता हटाई
जातीय उत्पीडन तोड्नु पर्ने
भूई मान्छेको कथा लेख्दै
क्रान्तिको शङख घोष गर्नु पर्ने
हामी त दश नङ्ग्रा खियाइ रहेछौ
हामी त पसिना बगाइ रहेछौ
उठ श्रमिक, किसान, मजदुरहरु
यसपालि क्रान्तिकारी होली खेल्नु पर्ने
भोका नाङ्गा सबै जुटी
नौलो क्रान्ति गर्नु पर्ने
जनवादी गीत गाउँदै गर्नु
साम्यवादमा उँचो निचो हुँदैन रे
म साम्यवाद लिएर आउँला ।
 सुन्दरहरैचा–०६, दुलारी मोरङ
             ९८४२०७३५२५

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

बिशेष