पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

काभ्रे । काभ्रेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले एकजना गर्भवती महिलाको उद्धार गरेका छन् ।

बिज्ञापन

डाक्टरले दिएको समय सकिँदा पनि बच्चा जन्माउन नसकेर थला परेकी आफ्नो गाउँपालिकाका एक गर्भवतीलाई अध्यक्ष थिङले उद्धार गरेका छन् । कामको सिलसिलामा सदरमुकाम आउने क्रममा बिरामीलाई उपचारका लागि हेटौँडामा लैजान लागेको देखेसँगै खानीखोला गाउँपालिका वडा नं ०६ माझीटारकी सजिना गोलेलाई अध्यक्ष थिङ आफैँले आफ्नो गाडी भएको ठाउँसम्म ल्याएका थिए । जुन भिडिओले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।

बिज्ञापन

अध्यक्ष थिङले बिरामी राखिएको स्ट्रेचर आफ्नै काँधमा बोकेर करिब डेढ घण्टा टाढा आफ्नो गाडी भएको स्थानसम्म ल्याएका थिए । गर्भवती महिलाको तीन दिनदेखि बच्चा समेत नचलेको समस्या देखिएको परिवारले जनाएको छ । अध्यक्ष थिङकै नेतृत्वमा गर्भवती गोलेलाई अहिले थप उपचारका लागि आफ्नै सवारीसाधन प्रयोग गरी हेटौडाको अस्पतालतर्फ लगिँदै छ । स्थानियवासीले जनप्रतिनिधिबाट यस्तो मानवीय सहयोगलाई प्रशंसा गर्दै “साँचिकै नेतृत्वको जिम्मेवारी पूरा भएको” टिप्पणी गरेका छन् ।

अध्यक्ष थिङले सरकारले खानीखोलाको समस्या समाधानमा ध्यान नदिँदा यस्तो समस्या भइरहेको बताए । राष्ट्रपति महिला उत्थान कार्यक्रम आफ्नो गाउँपालिकामा लागू नगरेकोमा पनि अध्यक्ष थिङले असन्तुष्टि पोखेका छन् ।

बिज्ञापन

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू गर्नका लागि मैले पटकपटक निवेदन दिए, ताकेता पनि गरे, तर संघीय सरकार र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिले सुन्दै सुनेन्’ अध्यक्ष थिङले भने, ‘काभ्रेको सबैभन्दा विकट गाउँपालिका हाम्रो हो, तर सरकारले यसलाई बेवास्ता गरिरहेको छ, जसको कारणले गर्भवती महिलाहरुले अकालमै ज्यान गुमाउनु परेको छ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

१४ सहसचिव र उपसचिवको सरुवा

बिशेष