काठमाडौँ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। गृह मन्त्रालयको आन्तरिक निर्णय अनुसार छविलाल रिजाललाई काठमाडौँ पठाइएको हो।
बिज्ञापन
मन्त्रालयले यसअघि काठमाडौँका सिडिओ रहेका ऋषिराम तिवारीलाई मन्त्रालय भित्रैको आन्तरिक व्यवस्थापन महाशाखाको जिम्मेवारी दिएको छ। रिजाल भने प्रशासन महाशाखाका प्रमुखका रूपमा कार्यरत थिए।
बिज्ञापन
त्यस्तै, सहसचिव जयनारायण आचार्यलाई गृह प्रशासन महाशाखाको नेतृत्व दिने निर्णय गरिएको छ। उनी यसअघि आन्तरिक व्यवस्थापन महाशाखामा जिम्मेवारी सम्हालिरहेका थिए।
यसरी गृह मन्त्रालयभित्र महाशाखा प्रमुखदेखि प्रमुख जिल्ला अधिकारीसम्मको जिम्मेवारी फेरबदल भएको छ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























