उपसभामुखमाथि महाभियोग सम्भव छैन : पूर्वसचिव उपाध्याय

राजनीतिक विश्लेषक तथा नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले उपसभामुखमाथि महाभियोग लगाउने कुनै संवैधानिक प्रावधान नभएको स्पष्ट पारेका छन्।

बिज्ञापन

उनका अनुसार संविधानको धारा १०१ मा महाभियोगसम्बन्धी व्यवस्था भए पनि त्यसमा उपसभामुखलाई समेटिएको छैन। “महाभियोग सम्बन्धी व्यवस्था संविधानको धारा १०१ मा छ तर उपसभामुखलाई महाभियोग लगाउन सकिने कुनै प्रावधान राखिएको छैन,” उनले लेखेका छन्।

बिज्ञापन

उपाध्यायका अनुसार सभामुख वा उपसभामुखले पदअनुरूपको आचरण नगरेको भन्ने प्रस्ताव मात्र प्रतिनिधिसभाको दुई तिहाइ बहुमतले पारित गरेमा उनीहरूको पद रिक्त हुने व्यवस्था संविधानको धारा ९१ मा उल्लेख छ।

उनले भनेका छन्, “उपसभामुखमाथि महाअभियोग लाग्दैन। उनले पद अनुरूपको आचरण नगरेको भन्ने कुरा प्रमाणित गर्न पनि सम्भव देखिँदैन।”

बिज्ञापन

संविधानविद्हरूको बुझाइमा पनि उपसभामुख संसद्को आन्तरिक पद भएकाले महाभियोगको दायराभित्र नपर्ने, बरु संसदकै दुई तिहाइ निर्णयबाट मात्र पदमुक्त गर्न सकिने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष