उपसभामुखमाथि महाभियोग सम्भव छैन : पूर्वसचिव उपाध्याय

राजनीतिक विश्लेषक तथा नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले उपसभामुखमाथि महाभियोग लगाउने कुनै संवैधानिक प्रावधान नभएको स्पष्ट पारेका छन्।

बिज्ञापन

उनका अनुसार संविधानको धारा १०१ मा महाभियोगसम्बन्धी व्यवस्था भए पनि त्यसमा उपसभामुखलाई समेटिएको छैन। “महाभियोग सम्बन्धी व्यवस्था संविधानको धारा १०१ मा छ तर उपसभामुखलाई महाभियोग लगाउन सकिने कुनै प्रावधान राखिएको छैन,” उनले लेखेका छन्।

बिज्ञापन

उपाध्यायका अनुसार सभामुख वा उपसभामुखले पदअनुरूपको आचरण नगरेको भन्ने प्रस्ताव मात्र प्रतिनिधिसभाको दुई तिहाइ बहुमतले पारित गरेमा उनीहरूको पद रिक्त हुने व्यवस्था संविधानको धारा ९१ मा उल्लेख छ।

उनले भनेका छन्, “उपसभामुखमाथि महाअभियोग लाग्दैन। उनले पद अनुरूपको आचरण नगरेको भन्ने कुरा प्रमाणित गर्न पनि सम्भव देखिँदैन।”

बिज्ञापन

संविधानविद्हरूको बुझाइमा पनि उपसभामुख संसद्को आन्तरिक पद भएकाले महाभियोगको दायराभित्र नपर्ने, बरु संसदकै दुई तिहाइ निर्णयबाट मात्र पदमुक्त गर्न सकिने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

१४ सहसचिव र उपसचिवको सरुवा

बिशेष