प्रहरीको पोशाकमै निजी कलेजको प्रचार, एसपीमाथि कारबाहीको तयारी

नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) डा. अर्जुन प्रसाद डुम्रेमाथि प्रहरीको पदीय मर्यादा उल्लङ्घन गर्दै निजी कलेजको प्रचार गरेको आरोप लागेकाे छ।

बिज्ञापन

बल्खुस्थित नेपाल वर्नहाट कलेजको प्रचारसम्बन्धी भिडियो प्रहरीको फौजी पोशाकमै खिचिएको र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि अनुशासनात्मक कारबाहीको तयारी गरेको हो।

बिज्ञापन

नेपाल प्रहरी अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत डा. डुम्रेले उक्त भिडियोमा आफू सोही कलेजका विद्यार्थी भएको र कलेज राम्रो भएकाले विद्यार्थीलाई त्यहाँ भर्ना हुन आग्रह गरेको देखिन्छ। कलेजले समेत उक्त भिडियो आफ्ना आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत प्रसारण गरी प्रचार–प्रसार गरेको छ।

प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डीआइजी) विनोद घिमिरेले प्रहरी कर्मचारीले तोकिएको जिम्मेवारीभन्दा बाहिर गएर गतिविधि गर्न नपाउने स्पष्ट गर्दै भने, “डा. डुम्रेको विषयमा अनुसन्धान भइरहेको छ।”

बिज्ञापन

प्रधान कार्यालयका अनुसार प्रहरीको युनिफर्ममै निजी संस्थाको प्रचार गर्नु आचरणविपरीत गतिविधि मानिने भएकाले आवश्यक प्रष्टिकरण मागी अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद्को बैठक सुरु

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

बिशेष