९७ लाखको स्रोत खुलाउन नसकेपछि पर्यटन विभागका निर्देशक यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभाग, भृकुटीमण्डप, काठमाडौंका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन तथा भ्रष्टाचारको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

बिज्ञापन

 

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, अनुसन्धानमा यादवले २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको अवधिमा वैधानिक आय स्रोतभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको हो। सो अवधिमा यादव र उनको एकाघर परिवारले पारिश्रमिक, भ्रमण भत्ता, जीवन बीमा रकम, हिमाल आरोहण सम्पर्क अधिकृत भई प्राप्त रकम, परामर्श शुल्क, घरबहाल, बैठक भत्ता, कृषि आम्दानी, जग्गा बिक्री, बैंक ब्याज तथा शेयर बिक्रीबाट गरी कुल रु. २,६८,१८,९००.७२ आर्जन गरेको देखिएको आयोगको दाबी छ।

 

बिज्ञापन

तर, सोही अवधिमा यादवको खर्च तथा लगानी रकम रु. ३,६५,०४,४५३.९१ रहेको र यसअनुसार रु. ९६,८५,५५३.१९ बराबरको सम्पत्ति स्रोत पुष्टि हुन नसकेको आयोगले जनाएको छ। आयोगका अनुसार, यादवले आफ्नो पदीय हैसियत दुरुपयोग गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको प्रमाणित भएको छ।

 

आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद सजाय र बिगो बराबर जरिवाना, सोही ऐनको दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी सम्पत्ति जफत गर्न माग गरिएको छ। साथै, यादवले आफ्नो पत्नी आशा कुमारी यादवको नाममा सम्पत्ति राखेको देखिएकाले उनीमाथि पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष